AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ औद्योगिक करिडोरको व्यवस्थापनका लागि छुट्टै औद्योगिक क्षेत्र विकास गर्नुपर्नेमा उद्योगीको जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०८३, मंगलवार २०:२७
3
Shares

विराटनगर /मोरङ उद्योग व्यापार संघले नेपाल सरकारलाई अब विश्वका विभिन्न मुलुकसँग श्रमिक आप्रवासनका साथै व्यापारिक सम्झौतामा पनि जोड दिन सुझाव दिएको छ ।

आज विराटनगरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँगको भेटघाटमा उद्योगीहरूले यस्तो आग्रह गरेका हुन् ।

संघका अध्यक्ष अनुपम राठीले वर्तमान आर्थिक संरचनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न व्यापारिक सम्झौता अपरिहार्य भएको बताए । उनले सुनसरी–मोरङ औद्योगिक करिडोरको व्यवस्थापनका लागि छुट्टै औद्योगिक क्षेत्र विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वअध्यक्ष पवन सारडाले प्रणाली बिगार्ने कर्मचारी र अनियमिततामा संलग्न सबैमाथि कठोर कारबाही हुनुपर्ने धारणा राखे । त्यस्तै, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले आगामी बजेटमा आयात नीति पुनरावलोकन गरी १५ भन्दा बढी वस्तुको भन्सार दर घटाउन र धार्मिक पर्यटनमार्फत भारत र चीनबाट पर्यटक भित्र्याउने योजना ल्याउन सुझाव दिए ।

पूर्वअध्यक्ष खेमचन्द जैनले सरकारले उत्पादनमुखी नीति ल्याउनुपर्ने बताए । रास्वपा केन्द्रीय कोषाध्यक्ष एवं सांसद लिमा अधिकारीसहितको टोलीलाई स्वागत गर्दै संघले नीतिगत सुधार र आर्थिक आत्मनिर्भरताका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर