AArya
RUMPUM
animated ellipse animated ellipse

जिस्किने क्रममा मोरङमा ७ वर्षीय बालकको लिङ्ग काटियो, एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ जेष्ठ २०८२, बुधबार १९:१०
99
Shares
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका ६ मा एक व्यक्तिले जिस्किने क्रममा ७ वर्षीय बालकको लिङ्ग काटिदिएका छन् ।

सोमबार बेलुका ४८ वर्षीय महेश चौधरीले फलाम काट्ने ग्रेन्डरले बालकको लिङ्गको टुप्पो काटिदिएका हुन् ।

महेश ग्रील पसल सञ्चालन गर्छन् । ग्रेन्डरमा ग्रेन ब्लेड जडान गरी जिस्किने क्रममा उनले सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोराको लिङ्ग काटेका हुन् ।

घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । बालकाको अवस्था सामान्य रहेको छ ।

प्रहरीका अनुसार महेश चौधरीले नै बालकलाई उपचारका लागि लिएर आएका हुन् । बालकको लिङ्गको टुप्पोको केही भाग काटिएको थियो । प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर इलका प्रहरी कार्यालय पथरीले अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर