खबर पूर्वाञ्चल
निषेधाज्ञाको अवधिभर मोरङमा भोलीदेखि सार्वजनिक र निजी सवारी साधनसमेत सञ्चालन आउम्ने भएको छ । सार्वजनिक र निजी सवारी साधन जोर–बिजोरका आधारमा सञ्चालन हुने भएको जिल्ला प्रशासन कार्यालय मोरङ साहयक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए ।
निषेधाज्ञा अवधिभरि सबै किसिमका पसलहरु विहान ५ बजेदेखि वेलुका ६ बजेसम्म सञ्चालन गर्न दिने र सार्वजानिक र निजी सवारी साधन जोर बिजोर प्रणाली लागू गर्ने आज बसेको सिसिएमको बैठकले निर्णाय गरेको सूचना अधिकारी तिम्सिनाले जानकारी दिए ।
यसअघि ४ बजेसम्म मात्र पसलहरू खुल्ला गर्ने निर्णाय प्रशासनले गरेको थियो । शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न भने नपाउने उनले बताए । अस्पतालहरुमा कोरोना संक्रमितको संख्या घटेकोले पसलहरु सञ्चालनमा केही खुकुलो पारिएको तर संक्रमणको जोखिम यथावतै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड सबैलाई अपनाउनु पर्नेछ ।
मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको छ । कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।