कोरोना संक्रमित गर्भवतीले सुरक्षीत जन्माइन् नवजात शिशु

खबर पूर्वाञ्चल, १६ जेष्ठ २०७८, आईतवार १५:२५

विराटनगर/ विराटनगरस्थित न्यूरो हस्पिटिलको विस्तारित शाखा मदर एण्ड चाइलड अस्पतालमा एक जना कोरोना संक्रमित महिलाले सुरक्षित रूपमा नवजात शिशुलाई जन्म दिएकी छिन् ।

विराटनगर घर भएकी ३३ वर्षिय महिलाले मदर एण्ड चाइलड अस्पतालमा नर्मल डेलिभरिबाट सुरक्षित रूपमा नवजात शिशुलाई जन्म दिएकी हुन् । ती महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ ।

कोरोनाको कहरको बिचमा मदर एण्ड चाइल्ड अस्पतालका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. शुभद्रा अग्रवालको नेतृत्वमा नर्मल डेलिभरि मार्फत नवजात शिशुको जन्म भएको हो ।

कोरोना महामारिका बिच पनि अस्पतालले सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा दिदै आएको छ । एक्कासी पेट दुखेपछि अस्पताल भर्ना भएकी ति महिलाको स्वास संलकन गर्दा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमण देखिएपछि स्वास्थ्य मापदण्ड पालना गर्दै मदर एउण्ड चाइल्ड अस्पतालमा संक्रमित गर्भवति महिलाको उपचार सुरू गरिएको थियो । ‘अस्पतालको चिकित्सक र स्वास्थ्यकर्मीको टिमले गभर्वती महिलाको कोखदेखि नवजात शिशुलाई जन्म दिन सफल हुनुभएको छ,’ श्रीमन् पंकज कर्णले भने, ‘अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ ।’

अस्पतालले कोरोना संक्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५