ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा १ सय ६८ संक्रमित थपिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ बैशाख २०७८, बिहीबार १७:४०
567
Shares
विराटनगर / प्रदेश १ मा आज १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङगमा १ सय ८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार विराटनगरमाआज ९७ जनामा संक्रमण पुष्टि भएका छन् । संक्रमितमध्ये ४६ जना महिला र ५१ जना पुरुष छन् ।

मोरङको बुढीगंगा, उर्लाबारी, कटहरीमा २–२, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीयतहनखुलेका २ जना, सुनसरीको धरानमा १६, इटहरीमा७, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहानरसिंह र कोशीगाउँपालिकामा १–१, झापाको भद्रपुर र विर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापागाउँपालिका र स्थानीयतहनखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा२, ते¥हथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या३१ हजार ७० पुगेको छ । संक्रमितमध्ये २९ हजार ९ सय ३२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ६ सय ६६ जना छन् ।
प्रदेश १ मा आज ६ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर