विराटनगर / राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गरेमा समृद्धि आउने बताएका छन् ।
आज विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनताले दण्डहिनतानको अन्त्य र विकासको अनुभूति गर्न परिवर्तन खोजेको बताए । अध्यक्ष थापाले हिन्दु राष्ट्र , संवैधानिक राजतन्त्र र सुदुढ स्थानीय तहको लागि पार्टीले आन्दोलनको घोषणा गर्ने बताए ।
अध्यक्ष थापाले नेकपा माओवादी केन्द्र, राप्रपा एवं अन्य विभिन्न पार्टी परित्याग गर्नेलाई स्वागत गरे ।
तपाईको प्रतिक्रिया