animated ellipse animated ellipse

आत्मरक्षाको लागि ‘सेल्फ डिफेन्स’ तालिम सुरू, एक सय बढी किशोरीको सहभागि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ असार २०८१, बुधबार १७:०१
243
Shares
विराटनगर / विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सुरु भएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा आजदेखि उक्त तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पर्शुराम बस्नेत ९कृष्ण० बस्नेतले गरे । कार्यक्रममा बोल्दै उनले किशोरीहरुलाई आत्मरक्षाको लागि यस्तो तालिमले ठूलो सहयोग पुग्ने बताए । उनले तालिममा सहभागीहरूलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गरे । उनले तालिमसँगै हिंसा विरुद्ध सचेतना पनि फैलाउन आवश्यक रहेको बताए । हिंसा न्यूनीकरणको लागि शिक्षासँगै आत्मरक्षा तालिम जरूरी भएको बताए । ‘आत्मरक्षा तालिम भनेको हिंसा जहाँ शुरू हुन्छ, त्यहीं अन्त्य हुनुपर्छ भन्ने हो, ‘ उनले भने, ‘यसले पीडकलाई तुरुन्तै रोक्न सघाउँछ ।’

कार्यक्रमको संयोजक तथा नेपाल खेलकुद महासंघकी स्थायी कमिटि सदस्य सन्तोषी श्रेष्ठले महिलाहरुलाई सेल्फ डिफेन्स तालिमले आत्मरक्षाको लागि ठूलो सहयोग पुर्याउने बताइन् । यस्तो तालिम प्रदेश सरकारले गरिनुपर्नेमा जोड दिइन् ।

समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताइन् । ‘महिलाहरु घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, कसरी आफूलाई बचाउ गर्नेबारेमा प्रशिक्षण दिइएको हो,’ उनले भनिन्, ‘आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउने विषयमा प्रशिक्षण दिँदै प्रयोगात्मक अभ्यास समेत गराइन्छ,’ उनले भनिन् ।

आत्मरक्षा तालिममा मोरङका सामुदायिक विद्यालयका ८, ९, १० र १२ कक्षामा अध्ययरत १०८ जना किशोरीहरुको सहभागि रहेको छ । तीन दिनसम्म संचालन हुने तालिमको प्रशिक्षकहरुमा चन्द्रकला प्रसाइ, मनकुमारी लिम्बु, पवित्रा शर्मा र योग प्रशिक्षकमा लक्ष्मि घिमिरे रहेकी छिन् ।

तालिमको उद्घाटन शत्रमा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य रोहित कोइराला, थरुराज भण्डारी, जिल्ला अध्यक्ष मनोज खड्कालगायतको उपस्तिथी रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर