खबर पूर्वाञ्चल
फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको गोदावारी बोर्डिङ स्कूल र ग्रामथान गाउँपालिको जनक मेमोरियल बोर्डिङ स्कूल बिजयी भएका छन् । पहिलो खेलमा गोदावारीले एजेलिया बोर्डिङ स्कूललाई ३–१ गोलले पराजित गरेको छ ।
खेलको १८ औं मिनेटमा एजेलियाका जितेन्द्र ठाकुरले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म अगाडी रहेको एजेलियाले दोस्रो हाफदेखि गोदावरीले दबावमा राखेको थियो । खेलको ३१ औं मिनेटमा गोदावरीका प्रजित भूजेलले गोल गरि खेल बराबरीमा ल्याए । गोदावरीले पहिलो गोल गरेको एक मनिटेपछि केवल राईले गोल गरि टिमलाई अग्रता दिलाए ।
खेलको अक्तिरिक्त समयमा गोदावारीका विप्लप राउतले गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । गोदावरीका म्यान अफ द म्याच विप्लप राउत घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा ग्रामथानको जनक मेमोरियाल स्कूल बिजयी भएको छ । जनकले बुढीगंगाको जेवियर्सलाई २–० गोलको अन्तरले पराजित गरेको हो ।
जनकको तर्फबाट विकासकुमार साह र अविशेककुमार देवले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच जनकका बिसप पिगा घोषित भए ।
आइतबार पहिलो खेल मोर्डन ऐरा र अर्पण स्कूल बिच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा रंगेली सन रे र विराटनगरको बिकेभिएम स्कूलबिच प्रतिस्पर्धा हुनेछ ।
पुस ४ गतेसम्म हुने प्रतियोगितामा मोरङका १६ वटा टिमको सहभागि छ ।
प्रतियोगितामा विराटनगरको गोदावारी, एजेलिया, मोर्डन ऐरा, अर्पण, सिद्धार्थ, डनबक्सको, बिकेभिएम, सगरमाथा, डिपीएस, गौतमबुद्ध, एभरेष्टको सहभागि छ । यस्तै रंगेलीबाट सनरे, सुन्दरहरैचाबाट पूर्वाञ्चल एकाडेमी, बुढीगंगाबाट जेवियर्स र यूनिक स्कूल, ग्रामथान गाउँपालिकाबाट जनक मेमोरियल स्कूलसमेत गरि यो प्रतियोगितामा जम्मा १६ टिमको सहभागि रहेको छ । प्रतियोगिताको बिजेताले आकर्षक ट्रफि, मेडल र प्रमाणपत्रहरू प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सह–आयोजकहरूमा रानी युवा क्लब, साइनो स्पोर्टिङ क्लब र मिल्स भेट्रान क्बल रहेको छ भने सहकार्य प्याब्सन विराटनगर रहनेछ । यस प्रतियोगिताको संरक्षक मिल्स गोल्ड कप फुटबल ट्रस्ट रहेको छ ।