AArya
RUMPUM
animated ellipse animated ellipse

मार्टर्स मेमोरियल प्लस टुमा साइबर अपराध सम्बन्धी अभिमुखीकरण कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ असार २०८३, सोमबार १८:५८
135
Shares
विराटनगर / सामुदायिक प्रहरी सेवा केन्द्र, तीनपैनी विराटनगरको आयोजनामा मार्टर्स मेमोरियल प्लस टुमा अध्ययनरत व्यवस्थापन संकायका ३५० भन्दा बढी विद्यार्थीलाई लक्षित गरी साइबर अपराध सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक अमरनाथ मण्डलले सहजीकरण गर्दै सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराधका विभिन्न स्वरूप, अनलाइन ठगी, साइबर बुलिङ, व्यक्तिगत सूचना सुरक्षालगायत विषयमा जानकारी गराएका थिए। उनले डिजिटल प्रविधिको जिम्मेवार र सुरक्षित प्रयोग गर्न तथा कुनै पनि शंकास्पद अनलाइन गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन विद्यार्थीलाई आग्रह गरे।

कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। अभिमुखीकरणले साइबर सुरक्षाप्रति विद्यार्थीहरूमा सचेतना अभिवृद्धि गर्न तथा डिजिटल माध्यमको सुरक्षित र जिम्मेवार प्रयोग गर्ने संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर