विराटनगर जेसीज सप्ताह कातिक १ गतेदेखि हुने

खबर पूर्वाञ्चल, ३० आश्विन २०७९, आईतवार १८:५२
180
Shares
विराटनगर/ विराटनगर जेसीजले ‘जेसीज सप्ताह २०२२’ विविध कार्यक्रम गरी मनाउने भएको छ ।

विराटनगर जेसीजले विराटनगरमा आज पत्रकार सम्मेलन गरी जेसीज सप्ताहमा विभिन्न कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।

जेसीज सप्ताह कार्यक्रम अन्तर्गत कातिक १ गतेदेखि ५ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारीमा गरेको जेसीज सप्ताह कार्यक्रमका संयोजक अभिनास थापाले जानकारी दिए । कार्यक्रम अन्र्तगत पहिलो दिन कातिक १ गते उद्घाटन तथा स्लो साईकल दौड गरिने भएको छ ।

विराटनगरको सहिद रङ्गशालामा भित्र स्लो साईकल रेस गरिने भएको छ । साईकल रेसमा सहभागी भई प्रथम हुनेलाई पुरस्कार राखिएको विराटनगर जेसीजका अध्यक्ष देवचन्द्र घिमिरेले जानकारी दिए ।

त्यसैगरी कातिक २ गते विराटनगर ७ मा रहेको आमाको छात्रवासलाई खाद्यान्य, स्कुल व्याग तथा स्टेश्नरी वितरण गरिने भएको छ । सोही दिन सार्वजनिक यातायातका मजुदुरहरुलाई स्वास्थ्य शिविर तथा ब्लड सुगर चेक गरिने भएको छ ।

कातिक ३ गते वहुशाखा अभिमुखिकरण कार्यक्रम, कातिक ४ गते विराटनगरको महेन्द्र चौकमा आगामी नेतृत्वसँग युवा साँझा सवाल र कातिक ५ गते पत्रकार महासंघ र कर्पोरेट हाउस विच मैत्रिपुर्ण फुटसल र अन्तममा जेसीज सम्मान तथा जेसीज रात्री कार्यक्रम रहेको कार्यक्रम संयोजक थापाले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न करिब ६ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५