खबर पूर्वाञ्चल
केहीवेर अगाडिदेखि मोरङको क्षेत्र नं. ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना सुरू हुने भएको हो ।
४, ५ र ६ नम्बर निर्वाचन क्षेत्रको विराटनगरस्थित आदर्श माविमा सुरु भएको छ । आज विहान बसेको सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिने निर्णय भएको थियो ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ। मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन्।
मतगणनालाई सुरक्षित बनाउन तारजालिको प्रयोग गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक-एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ।
मोरङमा ६६.२२ प्रतिशत मत खसेको छ । ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
तपाईको प्रतिक्रिया