पूर्वाञ्चल खबर



उद्योगले हाल पहिलो चरणमा ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १०० एमएलदेखि ३ हजार एमएलसम्मको सलाइन उत्पादन गरिरहेको छ । दोस्रो चरणमा १ देखि २० एमएलसम्मको ‘स्मल भोल्युम प्यारेन्टरल्स’ र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधीहरू उत्पादन गर्ने योजना रहेको निर्देशक दिनेश ठाकुरले जानकारी दिए ।
“हाम्रो मुख्य उद्देश्य सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु र औषधिको परनिर्भरता घटाउनु हो,’’ ठाकुरले भने, “तर सलाइन उत्पादनको लागत बढी हुने र बजार मूल्य समायोजन नहुँदा हाल हामीले घाटा सहेरै उत्पादन गरिरहनुपरेको छ ।’’ उनले सरकारले नीतिगत सुधार र आवश्यक सहुलियत नदिए स्वदेशी उद्योगहरू धराशायी हुनसक्ने तर्फ ध्यानाकर्षण गराए ।
यस उद्योगले हाल १५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । दक्ष जनशक्ति र अत्याधुनिक व्यवस्थापन प्रणाली अपनाएको यस उद्योगले दीर्घकालमा विदेशमा समेत औषधि निर्यात गर्ने योजना बनाएको छ । सलाइन उत्पादनमा पूर्ण रूपमा स्वदेशी लगानी र उत्पादन गर्ने यो नेपालकै अग्रणी कम्पनी हुने दाबी गरिएको छ ।
नेपालमा औषधि बजारको ठूलो हिस्सा विदेशी कम्पनीहरूको कब्जामा रहेका बेला एलेक्सा लाइफसाइन्सेजको सञ्चालनले औद्योगिक र स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाएको सरोकारवालाहरूले बताएका छन् । यसले आयातमा निर्भरता घटाउनुका साथै मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुरÞ्याउने अपेक्षा गरिएको छ ।