RUMPUM
animated ellipse animated ellipse

जापानिज शैलिमा पढाई हुने युमि स्कुलको अभिभावक दिवस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ जेष्ठ २०८०, मंगलवार २१:३५
225
Shares
विराटनगर /विराटनगर महानगरपालीका १९ मा रहेको युमी स्कुल मोरङले विविध कार्यक्रम गरी अभिभावक दिवस मनाएको छ ।

जापानीज विधी अनुसार पढाई हुने उक्त स्कुलले आज विविध सास्कृति कार्यक्रम गरी अभिभावक दिवस मनाएको हो ।

स्कुलले आफ्ना विद्यार्थीहरुलाई विभिन्न जातजातीको पोशाक साथै जापानिज भेषभुषामा समेत उपस्थित गराई भव्य रुपमा अभिभावक दिवस मनाएको छ । अभिभावक दिवशको प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश काईरालालले भर्खरै निर्माण सम्पन्न भएको दुई तले भवनको उद्धघाटन समेत गरेका थिए । साथै जापानबाट आएका सुनाए ईशिकावा , तोमोको आकियामा र स्कुलका सस्थापक शरद राईले कोईरालालाई साथ दिएका थिए ।

कार्यक्रममा देशभक्ती गीत साथै जापानिज भाषाको गितहरुमा समेत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरी उपस्थित आभिभावक तथा अतिथीहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

विद्यार्थीहरुलाई पढाईका अलवा अतिरिक्त क्रियाकलापका गतिविधीमा समेत सामेल गराई उनीहरुको क्षमता अभिवृद्धी गराउने स्कुलको पहिलो लक्ष्य रहेको स्कुलका सस्थापक शरद राईले जानकारी दिए ।

विद्यार्थीहरुलाई शान्त बाताबरणमैत्रीमा जापानिज विधीका केही अभ्यासहरु समेत गराउने हुँदा बालबालिकाहरुको भविष्य निर्माणको लागी पनि राम्रो माध्यम बन्ने राईको भनाई छ । राईले जापानको विश्वविद्यालयबाट पिएचडी समेत गरेर त्यहाँको अनुभव लिएर हाल ८ बर्षदेखि युमि स्कुल संचालन गर्दै आएका छन् ।

कक्षा नर्सरीदेखि १० कक्षा सम्म पढाई हुने स्कुलमा हाल ३ बढी विद्यार्थीहरु अध्ययनरत रहेको युमी स्कुलका प्रिन्सीपल निपुर्ण शाक्यले जानकारी दिइन् । स्कुलले यस अघि पनि विविध कार्यक्रमहरु आयोजना गर्दै फरक फरक शैलीमा मनाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर