विराटनगर–३ मा वडाध्यक्षमा एमालेका बस्नेत सहित प्यानलै निर्वाचित

खबर पूर्वाञ्चल, ६ जेष्ठ २०७९, शुक्रबार ०९:०९
1.68k
Shares
विराटनगर/ विराटनगर महानगरपालिका–३ मा वडाध्यक्षमा नेकपा एमालेका बासुबहादुर बस्नेत सहित प्यानलै निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले घोषणा गरेको मतगणनाको अन्तिम मत परिणाम अनुसार बस्नेतले कांग्रेसका कमलकुमार पुडासैनीलाई ४४५ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हन् ।

बस्नेतले २३८३ मत ल्याउँदा पुडासैनीले १९३८ मत ल्याए । वडा सदस्यमा एमालेका ढुंडिराज पोखरेलले २३२६ र सुरज न्यौपानेले २३०२, महिला सदस्यमा मालिका निरौलाले २४६४ र दलित महिला सदस्यमा अरुणा परियालले २४७५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५