AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश सरकारको चाहना हुँदाहुँदै पनि जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेको मुख्यमन्त्री राईको भनाइ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७९, मंगलवार १८:०६
117
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको चाहना हुँदाहुँदै पनि जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेको बताएका छन् ।

आज विराटनगरमा नेपाल पत्रकार महासङ्घ प्रदेश १ समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले असुविधा र हतारबाट बनेको प्रदेशको गठबन्धन सरकारले संचार क्षेत्रलाई अत्यन्त महत्व दिएको बताउँदै बजेटको सीमितताले सञ्चार क्षेत्रमा धेरै काम गर्न नसकेको जानकारी दिए । उनले प्रदेश सरकारले पत्रकार महासङ्घको भौतिक विकासका लागि प्रत्येक जिल्लामा भवन निर्माण गर्न बजेट विनियोजन गरेको भन्दै लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिए ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले राजनीतिक तथा सामाजिक परिवर्तनमा नेपाली पत्रकारिताको महत्वपूर्ण योगदान रहेका बताए ।

यातायात तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले श्रमजीवि पत्रकारका हक, हित र अधिकारका लागि प्रदेश सरकार सदैव तयार रहेको कुरामा जोड दिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुको पेशागत सुरक्षा हुनु पर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर