AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अरनिकोको वक्तृत्वकला प्रतियोगितामा स्मृति प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ मंसिर २०८२, बिहीबार ०९:१४
171
Shares
filter: 0; fileterIntensity: 0.000000; filterMask: 0; captureOrientation: 0; hdrForward: 0; shaking: 0.000000; highlight: 0; algolist: 0; multi-frame: 1; brp_mask: 8; brp_del_th: 0.0000,0.0000; brp_del_sen: 0.1000,0.1000; delta:1; bokeh:1; module: portrait;hw-remosaic: false;touch: (0.5609257, 0.6197917);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 322.17853;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather:null, icon:null, weatherInfo:100;temperature: 38;zeissColor: bright;
विराटनगर/विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामाकक्षा १२ की छात्रा स्मृति आचार्य प्रथम भएकी छिन् ।

‘सपना र संघर्षको संगम : जेनजी युवाको पहिचान’विषयमा आयोजित उत्कृष्ट विचार प्रस्तुत गरेर स्मृति प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा समीक्षा पौडेल द्वितीय हुँदा आँचल यादवले तृतीय स्थान प्राप्त गरिन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक सम्मिलित निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । सन्ध्या यादव र रजतकुमार साहको बराबरी नम्बर भएपछि दुवै जनालाई चौथो पुरस्कार दिइएको थियो ।

विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले समसामयिक विषयमा केन्द्रित रहेर वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको कार्यक्रम कलेजका प्राचार्य राजेश कार्कीले बताए । अरनिको कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
कलेजका सञ्चालक भरतराज दाहाल, निर्णायकद्वय मीनकुमार नवोदित र सुशीला पाठक, शिक्षक अम्विका खरेल, योगेश राजभण्डारी, अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराईले विजेता विद्यार्थीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

विद्यार्थी सुलभ न्यौपानेले सञ्चालन गरेको प्रतियोगितामा २७ जनाले प्रतिस्पर्धा गरेका थिए । कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा रहेको अरनिकोले बेला–बेला कवितासहित वादविवाद, वक्तृत्व, हाजिरी जवाफ, गायन, नृत्य, खेलकुदलगायतका प्रतियोगिताहरू आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर