RUMPUM
animated ellipse animated ellipse

हतियारसहित १ जना धरानबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ असार २०७७, बिहीबार १८:१३
3
Shares
धरान / सुनसरीको धरानमा हतियारसहित एक जना पक्राउ परेका छन् ।

धनकुटा शहिदभुमी गाउँपालिका- ६ का २७ बर्षीय रोशन राई धरानबाट हतियारसहित  पक्राउ परेका हुन् । राईलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

धरान १५ मा लुकीछिपी बसेका राईलाई विशेष सुराकका आधारमा बुधबार राती पक्राउ गरि आज सार्वजनिक गरिएको हो। राईलाई पक्राउ गरिएसंगै थप अनुसन्धान गर्ने क्रममा धरान १५ स्थित रामहंस मार्गमा उनले प्रयोग गरेको मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा आज वरामद गरिएको थियो । वरामद गरिएको मोटरसाईकल चेकजाचँ गर्ने क्रममा उनैले सिटमुनी प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको १ थान पेस्तोल, ३ राउण्ड गोली समेत फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईको साथबाट २ थान मोबाईल र ६ थान सिम कार्ड समेत फेला पारी बरामद गरिएको छ ।

पक्राउ परेका राई उपर सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्धामा अनुसन्धानका लागि दिन ६ म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर