animated ellipse animated ellipse

थारु कल्याणकारीणि सभा मोरङको अध्यक्षमा विश्वास, आधिकारीक नभएको भगत समूहको आरोप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ चैत्र २०८०, बिहीबार १८:२३
36
Shares
विराटनगर / थारु कल्याणकारीणि सभा मोरङको अध्यक्षमा प्रदिप कुमार विश्वास निर्वाचित भएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको भवनमा बुधबार भएको १० औं जिल्ला अधिवेशनबाट विश्वासले १५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदिप कुमार भगतले समूहले भने उक्त निर्वाचनमा भाग लिएन ।

आन्तरिक विवादको कारणले विगत ९ महिना थारु कल्याणकारणी सभाको निर्वाचन भएको थिएन् । थारु अगुवाहरुको पहलमा सवै कानुनी प्रक्रिया पुरा गरेर बुधबार निर्वाचन गरेको उनीहरुको दाबी छ । थारु कल्याणकारीणि सभाको २७२ मतदाता मध्ये ५८ प्रतिशत अर्थात १५७ मत खसेको थियो । सो मतदानमा तीन मत वदर भएको थियो ।

अधिवेशनले ८ जना केन्द्रीय पार्सद समेत चयन भएका छन् । तीन जना उपाध्यक्ष मध्ये महिला उपाध्यक्षमा जयन्ती खाँ १३७ मत, जागेश्वर बिश्वासले १४१ मत र बाबुराम चौधरीले १२० मत सहित उपाध्यक्षमा विजय भएका छन् । यसैगरी सचिबमा प्रसान्त चौधरी १३९ मत, सह–सचिबमा मनोजकुमार विश्वास १३६ मत र कोषाध्यक्षमा ललितकुमार चौधरीले १३९ मत सहित विजय भए । त्यसैगरी सदस्यहरुमा आशावती थारु , अनितादेवि विश्वास , इन्दुदेवी चौधरी , ज्ञानचन्द्र गच्छदार , चुढामणी धामी थारु , बन्नालाल चौधरी , सुनिता चौधरी, रम्भा धामी थारु , महेशप्रसाद चौधरी , शिवराम थन्दार ,सुनिताकुमारी माझी , रखीलाल चौधरी रहेका छन् । केन्द्रीय प्रतिनिधिमा ८ जना निर्विरोध भएका छन् । कन्नुलाल चौधरी , भक्तीनाथ माझी , चुमनारायण तवदार , बालचन्द्र माझी , दुखाराम गच्छदार , भुखनी देवि चौधरी , गेना देवि चौधरी र सरस्वती चौधरी निर्विरोध भएको निर्वाचन अधिकृत जयराम पंजियारले जानकारी दिए ।

निर्वाचित सभापति प्रदिपकुमार विश्वासले आधिवेशनमा देखिएको विवाद समान्य भएको बताए । अधिवेशन सम्पन भएसंगै सवै संग सहकार्य गरेर संस्थाको हितका लागि प्रतिवद्ध भएर कामगर्ने बताए । थारु कल्याणकारीणि सभाको मोरङ अर्को सभापतिका उम्मेदवार प्रदिपकुमार भगत थारूले संस्थाको मर्म र भावना विपरित अधिवेशन भएको आरोप लगाए । पत्रकार सम्मेलनको आयोजना गरेर थारु कल्याणकारणी सभाको केन्द्रीय कमिटिले विघटन गरेको निर्वाचन मण्डलका निर्वाचन अधिकृत जयराम पंजियारले आफु खुशी सम्पन गराएको अधिवेशन आफुलाई मान्य नभएको बताए । आफु नै अधिकारी अध्यक्ष भएको दावी गर्दे उनले भने,‘ केन्द्रीय कमिटिको निर्देशन विपरित भएको अधिवेशले चयन गरेका पदाधिकारी गैरकानुनी हो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर