खबर पूर्वाञ्चल
प्रदेश योजना आयोगले कोभिड–१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशीक रोजगारमा सङ्लग्न भै नेपाल फर्कन प्रतिक्षरत र फर्किएका प्रदेशवासीहरुको सूचना सङ्कलन सर्वेक्षण फारमको आज शुभारम्भ गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री कार्यालयको रहेको वेव साईटमा जततउकस्ररजभउिष्लिभ।उज्ञ।नयख।लउरअनलाईन फारम उपलव्ध रहेको छ । कृषि लगायत विभिन्न उद्योगहरुमा युवाहरुको शिप एवं दक्षतालाई प्रयोग गरी रोजगारमा आवद्ध गरी जोडन यो अनलाईन फारममा सही तथ्याङक भर्ने व्यवस्था मिलाइएको छ ।
मुख्यमन्त्री राईले वैदेशिक रोजगारीमा रहेका वा फर्केका यूवाहरुले अनलाईन प्रश्नावली भरी त्यसको आधारमा रुची, इच्छा र कार्य योजनालाई सरकारले पुँजी सहितको सहयोग उपलव्ध गराउने बताए । उनले विश्वमा छरिएर रहेका प्रदेशका युवाहरुको मानवपूँजी एवं दक्षजनशक्लिाई प्रदेशको समृद्धिमा र रोजगारीमा जोडन् यो कार्ययोजना अगाडि वढाउने बताए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारको पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा वैदेशीक युवालाई रोजगारी उपलव्ध गराउने उल्लेख गरे अनुरुप यस अन्तर्गत ‘मेरो कृषि मेरो पौरख’ र ‘प्रदेश प्रमुख कृषि नव प्रवर्दन कार्यक्रम’ राखिएको जानकारी दिए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले ल्याएको वैदेशिक युवालाई रोजगारी तथा कृषि , उद्यम कार्यक्रमले विदेशमा रहेका सवै यूवाहरुको ध्यान आकर्षित गर्ने बताउदै अहिले विदेशबाट आएर क्वारेन्टिमा वसेका युवाहरुसंग यस सम्वन्धमा अभिमुखीकरण भैरहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया