विराटनगरका साहित्यकार कट्टेललाई झापामा मोती पुरस्कार

खबर पूर्वाञ्चल, २९ भाद्र २०८०, शुक्रबार १८:२७
189
Shares
विराटनगर / विराटनगरमा बसेर लामो समयदेखि साहित्य साधना गरिरहेका चर्चित छन्द कवि हरि कट्टेल मोती पुरस्कारबाट झापामा पुरस्कृत भएका छन् ।

उक्त सम्मान तथा पुरस्कार १५८ औँ मोती जयन्तीका अवरसरमा त्रिफला पुस्तकालय केन्द्रीय कार्यालय झापाले एक समारोहका बीच प्रदान गरेको हो ।

नगद राशीसहित सम्मानपत्र रहेको रहेको उक्त पुरस्कार संस्थाका अध्यक्ष प्रेमप्रकाश फलाहरी, कार्यक्रमका प्रमुख अतिथि ज्ञानबहादुर क्षेत्री र विशिष्ट अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए भने कट्टेललाई प्राज्ञ गंगा सुवेदीलगायतले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

कट्टेल चर्चित छन्द कवि हुन् भने कविता, गजल, मुक्तक र समालोचनाका क्षेत्रमा समेत स्थापित साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५