RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का मन्त्री केदार कार्कीको विवादास्पद अभिव्यक्तिको पत्रकार महासङ्घद्वारा विरोध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ असार २०७९, शुक्रबार १७:४०
1.06k
Shares
विराटनगर / नेपाल पत्रकार महासङ्घले प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आफ्नाविरुद्ध समाचार लेख्ने पत्रकारलाई बलात्कारको आरोप लगाउने भनेर दिएको अभिव्यक्तिको खुलेर विरोध गरेको छ ।

कार्कीको अभिव्यक्तिले गम्भीर ध्यानआकर्षण भएको महासङ्घले जनाएको छ । महासङ्घ प्रदेश १ र केन्द्रीय समितिले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै अभिव्यक्ति आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

महासङ्घ प्रदेश १ का महासचिव विवेक गौतम र केन्द्रीय महासचिव रोसन पुरीले विज्ञप्ति जारी गरेका हुन् । गौतमद्धारा जारी विज्ञप्तिमा सार्वजनिक आत्माआलोचना गर्न र गल्ती नदो¥याउन मन्त्री कार्कीसहित प्रदेश सरकारको ध्यानआकर्षण गराइएको छ ।

‘समाचारको खण्डन गर्ने नाममा कार्कीले व्यक्त गरेको धारणा आपत्तिजनक र स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्न खोज्ने अभिप्रायले आएको महासङ्घको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्राको सम्मान गर्नुपर्नेमा पत्रकारिकता पेशाप्रति नै हतोत्साही र असुरक्षित बनाउने कार्य भएकाले भत्र्सना गर्दछौँ ।’

समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचारमा जानसकिने प्रावधान र स्थापित पद्धतिलाई बेवास्ता गर्दै समाचारको खण्डन गर्ने नाममा मन्त्रीजस्तो गरिमामय र जिम्मेवार पदमा आसिन व्यक्तिबाट व्यक्त भएका धारणा आपत्तिजनक र प्रेस स्वतन्त्रता विरोधी रहेको महासङ्घका केन्द्रीय महासचिव पुरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई पेशाप्रति हतोत्साहित र असुरक्षित बनाउने यस किसिमको धम्कीको कडा भत्र्सना गर्दै महासङ्घ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकार र स्वतन्त्रताको ख्याल एवम् सम्मान गरी यस्ता हर्कत नदो¥याउन प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

कार्कीको अभिव्यक्तिको पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठनले पनि विरोध गरिरहेका छन् । प्रेस चौतारी मोरङ, प्रेस सेन्टर मोरङ, कौशल निरौला कावा अध्यक्ष भएको प्रेस युनियन र समाजवादी प्रेस सङ्गठन मोरङले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर मन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाउँदै माफी माग्न आग्रह गरिसकेका छन् ।

तर कार्कीले भने गत बुधबार आफ्नो सचिवालयलाई प्रयोग गरेर विज्ञप्ति जारी गर्दै पत्रकारिता क्षेत्रलाई थप लाञ्छना लगाउने प्रयास गरेका छन् । ‘माननीय मन्त्री ज्यूको अभिव्यक्तिलाई जोडेर विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार तथा सञ्चारकर्मी सम्वद्ध संगठनले देखाएको चासोप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ,’ कार्कीको सचिवालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

‘उहाँ (कार्की)को अभिव्यक्तिले समग्र पत्रकार र पत्रकारितालाई मुछेर नकारात्मक टिप्पणी गरियो भन्नु केबल भ्रम हो,’ विज्ञप्तिमा भनिएको छ ,‘कुनै पनि समाचार वा आलेखले पीडितलाई थप पीडा नहोस् भन्ने चाहन्छौँ ।’ उक्त विज्ञप्तिमा सचिवालयको छाप र कसैको हस्ताक्षर भने छैन ।

विराटनगर महानगरपालिका–१२ मा निर्माणाधीन सुकुम्वासी बस्तीको समाचार लेखेकै आधारमा एक अनलाइनलाई अन्तरवर्ता दिँदै धम्कीपूर्ण भाषा प्रयोग गरेर मन्त्री कार्कीले पत्रकारविरुद्ध अभिव्यक्ति दिएका हुन् । कार्कीले ‘महानगर आवास परियोजनाअन्तर्गत’ निर्माणाधीन बस्तीका लागि आर्थिक वर्षको अन्त्यमा प्रदेश सरकारबाट ७० लाख रूपैयाँ रकमान्तर गराएका थिए ।

उक्त रकम तत्काल सम्झौता गरी निकासाका लागि विराटनगर महानगरपालिकालाई अनुचित दबाब दिएको कुरा बाहिरिएपछि समाचार लेखिएसँगै उनले पत्रकारविरुद्ध अभिव्यक्ति दिएका थिए । महानगरविरुद्ध पनि सार्वजनिक रूपमा अभिव्यक्ति दिएका थिए ।

‘७० लाख कामै नगरिकन भुक्तानी मागे केदार कार्कीले भनेर जस्ले समाचार लेख्नुभएको छ नि । उहाँलाई तपाईले अहिले भनिदिनुस् त, लेख्दिनुहोस् त बलात्कार गर्यो भनेर, उसको नाममा(समाचार लेख्ने पत्रकार),’ उनले भनेका छन्, ‘अनि होइनभन्ने कुरालाई उसले प्रमाणित गरोस न । मैले बलात्कार गरेको होइन भनोस् न ।’ कार्कीले भने ‘लेख्नेले लेख्नु भन्दाअगाडि चार पटक सोच्नु पर्छ । जसले जे भन्यो पत्रकारले त्यही लेखिदिने भने त पत्रकारले नै बलात्कार गर्यो भनेर म भन्छु, तपाईले लेख्नुहोस् न । यो शब्द लेख्दा भोलि मलाई आइलाग्यो भने के हुन्छ भनेर सोच्नु पर्दैन र?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर