animated ellipse animated ellipse

तीन मुख्य नाकाबाट १९ दिनमा पाँच हजार जना नेपाल प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० जेष्ठ २०७७, मंगलवार २१:०८
3
Shares
विराटनगर / भारतबाट नेपाल फर्कन चाहने नेपाली नागरिक सीमा क्षेत्रमा सुरक्षा निकायको सम्पर्कमा आउन थालेका छन् ।

सरकारले गत जेठ १३ गतेदेखि मुख्य नाकाबाटै प्रवेश गराउने निर्णय गरेकै दिन रानी नाकाबाट ३०४ जना र सहायक नाकाबाट समेत १ सय ३८ जना नागरिक प्रवेश गरेका थिए । जेठ १ गतेदेखि १९ गतेसम्मको १९ दिनमा एक हजार ८ सय ८९ जना नेपाल प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरू जिल्लाका मात्रै भने हैनन् । देशभरका नागरिक मुख्य नाका हुँदै प्रवेश गरेपछि उनीहरूको व्यवस्थापन गरिँदैआएको छ । इलामको पशुपतिनगर, झापाको काकडभिट्टा र मोरङको विराटनगरबाट पछिल्लो १९ दिनको अवधिमा पाँच हजार ६ सय ७६ जना प्रवेश गरिसकेको तथ्याङ्कले देखाउँछ ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार पछिल्लो एक साताको अवधिमा एक हजार १ सय नागरिक मुख्य नाका हुँदै प्रवेश गरेका छन् । प्रदेशको प्रमुख नाका विराटनगर, झापाको काकडभिट्टा हुँदै पछिल्लो १५ दिनयता तीन हजार ५ सय ७३ नागरिक नेपाल प्रवेश गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर