पूर्वाञ्चल खबर
विराटनगर/ उद्योग संगठन मोरङको ४८ औँ साधारणसभाको अवसर पारेर गरेको सम्मान नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्वअध्यक्ष महेन्द्र विष्टद्धारा बहिस्कार गरेका छन् । उद्योग संगठनले विना जानकारी गरेको सम्मान पूर्वअध्यक्ष विष्टले बहिस्कार गरेका हुन् । उद्योग संगठनले पूर्व जानकारी बेगार सम्मान कार्यक्रम राखेको कारणले गर्दा कार्यक्रममा उपस्थित हुन नसकेको विष्टले बताए । ‘मलाइ सम्मानको कुनै पनि जानकारी आएको थिएन् । उद्योग संगठनको क्षेत्रमा त्यस्तो मैले कुनै योगदान पनि नपु¥याएको कारणले मलाइ सम्मान चाहिदैन,’ उनले भने ।