पूर्वाञ्चल खबर


प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मोरङमा १३ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । निर्वाचन सम्पन्न गराउन ७ हजारभन्दा बढी सुरक्षाकर्मी र ६ हजारभन्दा बढी कर्मचारी परिचालन गरिएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
मतदानस्थल ३ सय ६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्र छन् । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छनु । जसमा ३ लाख ७४ हजार ३ सय २६ पुरुष र ३ लाख ६१ हजार १ सय ९३ महिला छन ।

मोरङमा ८ सय ३९ वटा मतदान केन्द्र र ३ सय ६ वटा मतदान स्थल रहेको छ । जिल्लामा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेका छन् । जसमा ३ लाख ७४ हजार ३ सय २६ जना पुरुष र ३ लाख ६१ हजार १ सय ९३ जना महिला रहेका छन् भने ६ जना अन्य रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङमा २ सय १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छनु । प्रतिनिधी सभा सदस्यमा १०५ र प्रदेश सभातर्फ १ सय १० जना उम्मेदवार रहेका छन् ।