खबर पूर्वाञ्चल
मोरङका अधिकांश मतदान केन्द्रहरुमा ७ वजे नै मतदान शुरु भए पनि केही मतदान केन्द्रहरुमा प्राविधिक कारण निर्धारित समय भन्दा केही ढिला भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए ।े थियो ।
मोरङका ८३९ वटै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको मोरङ प्रहरीका प्रमुख शान्तिराज कोइरालाले बताए ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मोरङमा १३ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । निर्वाचन सम्पन्न गराउन ७ हजारभन्दा बढी सुरक्षाकर्मी र ६ हजारभन्दा बढी कर्मचारी परिचालन गरिएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
मतदानस्थल ३ सय ६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्र छन् । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छनु । जसमा ३ लाख ७४ हजार ३ सय २६ पुरुष र ३ लाख ६१ हजार १ सय ९३ महिला छन ।
मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छनु ।
मोरङमा ८ सय ३९ वटा मतदान केन्द्र र ३ सय ६ वटा मतदान स्थल रहेको छ । जिल्लामा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेका छन् । जसमा ३ लाख ७४ हजार ३ सय २६ जना पुरुष र ३ लाख ६१ हजार १ सय ९३ जना महिला रहेका छन् भने ६ जना अन्य रहेका निर्वाचन कार्यालयले जनाएको छ ।
मोरङ कारागार र आर्दश पुष्तकालय विराटनगरमा अस्थायी मतदान केन्द्र बनाएको छ । मोरङमा सबैभन्दा बढी मोरङको ३ नम्बर क्षेत्रमा बढी मतदाता रहेका छनु । क्षेत्र नं. १ मा १ लाख २३ हजार ६१५, क्षेत्र नं. २ मा १ लाख २४ हजार ७२९, क्षेत्र नं. ३ मा १ लाख ४९ हजार ८३३, क्षेत्र नं.। ४ मा १ लाख १० हजार ९३, क्षेत्र नं. ५ मा १ लाख ४ हजार ९४ र क्षेत्र नं. ६ मा १ लाख २६ हजार ७ सय ६१ जना मतदाता रहेका छनु ।
मोरङमा २ सय १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छनु । प्रतिनिधी सभा सदस्यमा १०५ र प्रदेश सभातर्फ १ सय १० जना उम्मेदवार रहेका छन् ।