RUMPUM
animated ellipse animated ellipse

१३ औं साग खेलकुदमा पदक जित्ने खेलाडीलाई सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ श्रावण २०७७, शुक्रबार २०:२१
18
Shares
विराटनगर /राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सहभागिता जनाएर पदक हात पारेका सात जना खेलाडीलाई विराटनगरमा सम्मान गरिएको छ ।

आज विराटनगरमा वीपी कोइरालाको ३९ औं स्मृति दिवसका क्रममा कांग्रेस महानगर समितिले ७ जना खेलाडीलाई सम्मान गरेको हो । सम्मानका क्रममा १३ औं साग खेलकुदमा ब्याडमिन्टनतर्फबाट महिला टोलीमा कास्य पदक हात पारेकी निता लम्साल, थ्रीस्टार क्लब पाटनमा आवद्ध अशोक खवास, भारतमा आयोजित विभिन्न प्रतियोगितामा स्वर्ण पदकधारी एरिजा मारिक, टेबलटेनिसका बोधित डिसी, तेक्वान्दोका नेत्रबहादुर कार्की, करातेबाट सुरज कामत, गोपालमान सिंहलाई ट््रयाक सुट र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित भएकी ब्याडमिन्टनकी निता लम्सालले सम्मानित हुन पाउदाँ खुशी भएको बताइन् । यसप्रकारको कार्यक्रमले खेलाडीमा उत्साह भने बताएकी लम्सालले राष्ट्रका लागि खेल्दा पदक हात पार्नु आफ्रनो गर्वको विषय भएको प्रस्टाइन् ।

कार्यक्रममा महानगर समितिका उपसभापति अरुण  न्यौपानेले आर्थिक रुपमा खेलबाट ब्यवसायिकता झल्काउन बाँकी रहेको भएपनि खेलाडीले स्वास्थ्यस्थितीमा सधै जित हात पार्नेमा जोड दिएका थिए ।
समितिले आगामी दिनमा खेलाडीको उर्जालाई कम हुन नदिन यसप्रकारको कार्यक्रममा जोड दिने जनाएको छ । कार्यक्रममा खेलकुदको राजनीति गर्नेको अभाव देखिएको क्षेत्रीय खेलकुद विकास समितिका सचिव चण्डी बास्तोलाले जनाए ।

लामोसमयदेखि वडा नम्बर १९ स्थित बैजनाथपुरको १५ विगाह क्षेत्रफललाई पूर्ण रुपमा सदुपयोग गर्न नसकिएको बताउँदै उनले खेलकुदको विकासका लागि सो क्षेत्रको विकास, निर्माण गर्नमा सबैले जोड दिनुपर्ने बताए । खेलकुदमा प्रगति गर्दै अघि बढेको इटहरीमा एकैपटक १४ खेल आयोजना गर्ने क्षमता बनिसक्दा विराटनगर अभैmपनि विकासकै लागि तयार हुने क्रममा रहेको उनले बताए ।

अखिल नेपाल फुटबल संघका प्रशिक्षक मनिष तिम्सिनाले खेलाडी तथा प्रशिक्षकलाई यसप्रकारको कार्यक्रमले सकारात्मक सोचतर्फ उन्मुख गराउने उल्लेख गरे ।

उनीहरुलाई महानगरका प्रमुख भीम पराजुली, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियाँ, पूर्व अन्तराष्ट्रिय रेफ्री किरण गिरी, विराट गोल्डकप ट्रष्टका महासचिव मनोज बस्नेत, जिल्ला खेलकुद विकास समिति मोरङका कार्यालय सचिव देवराज कट्वाल, करातेका प्रशिक्षक विमल पोखरेललगायतले सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर