ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ठगी आरोपमा सोनी पक्राउ प्रकरण, बन्दी प्रत्यक्षीकरणको रिट खारेज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ आश्विन २०७७, बुधबार १८:४६
3.31k
Shares
विराटनगर / ठगी आरोपमा पक्राउ परेका विराटनगरका ३२ वर्षिय प्रमोद स्वर्णकार सोनीलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै उच्च अदालत विराटनगरमा दर्ता भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

प्रमोदका दाजु मनिष स्वर्णकार सोनीले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट उच्च अदालत विराटनगरका न्यायाधीश प्रेमराज ढकाल र रेणुका साहको संयुक्त इजालशले मंगलबार रिट खारेजको अन्तिम फैसला गरेको हो ।

ठगी आरोपमा सोनी गत बिहीबार पक्राउ परेका थिए । प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै मोरङ प्रहरीलाई विपक्षी बनाएर मनिषले असोज १८ गते उच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।

विराटनगरस्थित ‘डाइनामिक एजुकेशन कम्प्लेक्स’ का सञ्चालक प्रमोदले अस्टे«लियामा अध्ययनसँगै आकर्षक रोजगारी दिलाइदिने भन्दै बिद्यार्थीसँग लाखौ रुपैयाँ ठगी गरेको आरोप छ । सोनीले अध्ययनसँगै अस्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिस चौधरीसँग ३१ लाख रुपैँया ठगी गरेको आरोप छ । पीडितले मोरङ प्रहरीमा किटानी जाहेरी दर्ता गराइ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि ठगी आरोपमा पक्राउ परेका सोनीलाई अदालतमा ठगी मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर