पूर्वाञ्चल खबर

आजदेख सञ्चालमा आएको सभाहलमा ३ सय ५० जनाको क्षमताको रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । सभाहल अत्याधुनिक सुविधा सम्पन्न सहित एसि जडान रहेको छ ।
विद्यार्थीहरूको शैक्षिक, मानसिक, शारिरीक, आध्यात्मिक तथा समग्र व्यत्तित्व विकासका लागि योग प्रशिक्षणको आयोजना गरिएको प्रिन्सिपल खड्काले बताए । पतंजली योग समिति मोरङको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो ।
विद्यार्थीहरूलाई साधवी देवा दीपा र साधवी द्विविजयाले योगको प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै महानगरका प्रमुख तथा कलेजका चेयरपर्सन भीम पराजुलीले असल र स्वस्थ्य ब्यक्ति बन्नका लागि योग अपरिहार्य रहेको बताए । हरेक कुरामा सफल हुन योगको आवश्यक रहेको बताउँदै उनले भने, ‘योगले कुलतको बाटोबाट पनि बचाउँछ, हरेक क्षेत्रमा अगाडी बढ्न योगको आवश्यक छ ।’
कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान प्रदेश १ का सचिव दिपेश बास्तोला, हिसान मोरङका अध्यक्ष राजेश कार्की, हिसान मोरङका बरिष्ठ उपाध्यक्ष अमित ढकाल, पंतजली योग समिति मोरङका अध्यक्ष धुब्र तामाङ लगायतको उपस्थिति रहेको थियो ।