महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाई विशेष अभियान सञ्चालन गरिने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । आज बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । “कुनै पनि ठाउँको पहिचान भनेको सफाई न सुन्दरता नै हो,” मेयर कोइरालाले भने, “बाहिरबाट आउने पर्यटकले झट्ट हेर्दा सहरमा जताततै फोहोर देखे भने उनीहरूमा नेगेटिभ इम्प्रेसन पर्छ । फोहोर भनेको सहरको सभ्यतासँग पनि जोडिएको हुन्छ । त्यसो भएकाले महानगर सफाई विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका हौं ।”
महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्ध रुपमा लागिरहेको उनको भनाइ थियो । मन्दिर, मज्जिद र सार्वजनिकस्थलमा भिख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिएको उनको भनाइ थियो । जनताले महसुस गर्ने गरी महानगरले काम गरिरहेको उनको दाबी थियो । “हामी निर्वाचित भएर आएको भर्खर तीन महिना भएको छ, यो बीचमा धेरै कुरा बुभ्mनै लाग्यो,” कोइरालाले भने, “आउने बित्तिकै हामीले महानगरका सबै नाला सफा ग¥यौं, जसले गर्दा यसपटकको वर्षामा डुबान समस्या कम भयो । यससँगै फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएका छौं ।”
महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विकास निर्माणसँगै सामान्यभन्दा सामान्य विषयलाई पनि ध्यान दिएर काम गरिरहेको सुनाइन् । महानगरले सुरु गर्ने सरसफाई विशेष अभियानमा महानगरवासीलाई समेत सहभागी हुन कार्कीले आग्रह गरिन् । “हामीले सफाई अभियान त सञ्चालन गर्छौं, तर महानगरवासीलाई भित्रैदेखि आफ्नो घरअगाडि फोहोर गर्दिन भन्ने आउनुपर्छ,” उपमेयर कार्कीले भनिन्, “हामी महानगरवासीलाई महानगरको विकास र समृद्धिमा जागरुक बनाउने काममा पनि लाग्नेछौं ।” कम्तीमा हरेकले आफ्नो घर र पसल अगाडि फोहोर नगर्ने हो भने महानगर त्यतिकै सुन्दर र सफा हुने कार्कीको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतका अनुसार विशेष समारोह गरेर आगामी हप्तादेखि नै महानगर सफाई अभियान सञ्चालन गरिनेछ ।
यसैबीच, रथयात्रालाई ध्यानमा राखेर शनिबार मेनरोडको सफाई गरिएको छ । महानगरका मेयर कोइरालाको नेतृत्वमा तीनपैनीदेखि सफाई गरिएको थियो । सरसफाईमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, वडानम्बर १ का वडाध्यक्ष काजी बस्नेत, २ नम्बर वडाका अध्यक्ष कुमार पोखरेललगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया