विराटनगर / नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेश १ समितिका उपाध्यक्ष राजेन्द्र राउतले कोरोना भाइरस कोभिड १९ संक्रमणबाट जोगिन मातहतका निकायमा करिब ३ लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।
विराटनगरस्थित महासंघ प्रदेश १ समितिका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार केन्द्रीय सदस्य तथा प्रदेश समिति उपाध्यक्ष राउतले प्रदेश १ का २९ वटा जिल्ला नगर उद्योग वाणिज्य संघ ४७ हजार ५ सय पिस माक्स उपलब्ध गराएका हुन् । जिल्ला, नगर उद्योग वाणिज्य महासंघमा माक्ससंगै ९५ लिटर सेनेटाइजर समेत उनले उपलब्ध गराएको भण्डारीले जानकारी दिए।
सोही क्रममा उनले नेपाल पत्रकार महासंघ प्रदेश १ र पत्रकार महासंघ मोरङलाई समान १ हजार ५ सय पिस माक्स समेत उपलब्ध गराएका छन् । उपाध्यक्ष राउतले अहिलेको विषय परिस्थितीमा जोगिनका लागि आवश्यक सामाग्री उपलब्ध गराएको बताएका छन् । कोरोना संक्रमणबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेमा जोड दिदैं केन्द्रीय सदस्य राउतले आफ्नो स्वास्थ्यमा हेल्चेक्राइ नगर्न सर्वसाधारणमा अपिल समेत गरेका छन् ।राउतले २०७६ साल चैत्रमा प्रदेश १ सरकारद्धारा स्थापना गरिएको कोरोना १९ जनसुरक्षा कोषमा ११ लाख रुपैया सहयोग गरेका थिए । उनले २०७७ साल भदौमा विराटनगर महानगरपालिकाको अगुवाई खरिद गरिएको पिसिआर मेशिनका लागि ७ लाख रुपैया सहयोग गरेका थिए । त्यसैगरि, विराटनगर १० मा सञ्चालनमा रहेको नागरिक केयर सेन्टरमा राउतले एचडीयु शैय्यासहित स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।
तपाईको प्रतिक्रिया