अरनिको कलेजका पूर्व विद्यार्थी भण्डारीद्वारा छात्रवृत्ति प्रदान

खबर पूर्वाञ्चल, ३० कार्तिक २०७९, बुधबार १५:१६
621
Shares
विराटनगर / अरनिको कलेजका पूर्व विद्यार्थीले कक्षा–११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् ।

कलेजका पूर्व विद्यार्थी निलहरी भण्डारीले अरनिको कलेजमा कक्षा–११ मा अध्ययन गर्ने १ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएका हुन् । अमेरिका बसोबास गर्ने भण्डारी भुटान हुँदै तराईमा बसोबास गदैृ अमेरिका पुगेका हुन् । । उनले अरनिको कलेजबाट कक्षा ११ र १२ सम्मको अध्ययन पूरा गरेका विद्यार्थी हुन् । अत्यन्त मेधावी छात्र भण्डारी हाल अमेरिकामा ब्यवसाय क्षेत्रमा संलग्न रहेको कलेजले जनाएको छ । भण्डारी कलेजका दोस्रो ब्याजका विद्यार्थी हुन् ।

भण्डारीले रकम ६ लाख ४५ हजारको े अक्षयकोषको स्थापना गरेका छन् । सो कोषबाट प्राप्त हुने ब्याज रकमले कक्षा ११ र १२ मा अध्ययन गर्ने सामुदायिक स्कूलबाट एइइ पास गर्ने १ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल राजेश कार्कीले बताए ।

प्रिन्सिपल कार्की भन्छ्न, हामी उनको यो कार्यको उच्च प्रशंसा गर्दै उनलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं साथै अन्य पूर्व विद्यार्थीहरुलाई पनि यस्तो सेवाको कार्यमा सरिक हुन अनुरोध समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५