AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अमडुवा औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्रदेश सरकारले दु्रतगति अगाडि वढाउनु पर्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ आश्विन २०७८, बुधबार १८:०५
603
Shares
मनोज दाहाल
विराटनगर/ सङ्घीय सरकारले घोषणा गरेको सुनसरीको अमडुवामा औद्योगिक क्षेत्र निर्माण कार्यलाई कार्यान्वयनमा ल्याउनु पर्ने सरोकारबालाहरुले सुझाव दिएका छन् ।

उनीहरुले चार वर्ष अगाडि घोषणा गरिएको मुलुकको औद्योगिकरणमा कोशेढुङ्गाको रुपमा रहने ६५० विघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्रदेश सरकारले दु्रतगति अगाडि वढाउनु पर्ने जोड दिए ।

प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित प्रदेशमा औद्योगिकरणको अवसर र चुनौति विषयक छलफल तथा अन्तरक्रियामा उद्यागीहरुले नयाँ उद्योग दर्ताका लागि मन्त्रालयमा झन्झटिलो व्यवस्था रहेकोले एकद्वार नीतिको माध्यमवाट दिन तोकेर कार्य गरेमा मुलुकको औद्योेगीकरणमा सहयोग पुग्ने सुझाव दिए ।

उद्यमीहरुले कृषि उत्पादनलाई मूल्यअभिवृद्धि गरी निर्यातमा विशेष सहुलियत प्रदान गरेमा यस क्षेत्रका नगदवाली उत्पादनमा वृद्धि ,रोजगारी उपलव्धताले जनताको क्रयशक्ति वृद्धि हुनाले कार्यान्वयन ल्याउन आग्रह गरियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लछुमन तिवारीले मुलुकको आर्थिक समृद्धिका लागि नीजि क्षेत्रको सहयोग आवश्यक रहेको छ भन्दै सरकारले हातेमालो गरि अगाडि वढ्ने बताए । सरकार र उद्यमीको सम्वन्ध नङ र मासुको रहेको चर्चा गर्दै उनले प्रदेशमा आद्योगिकरणका लागि उद्योगीहरुको सुझाव अनुसार ऐन कानून संशोधनको प्रक्रिया अगाडि वढाउने जानकारी दिए ।

राज्यमन्त्री उत्तमकुमार बस्नेतले आत्मनिर्भर, परनिर्भर र अन्तरनिर्भरको आधारमा वर्गीकरण गरी स्वदेशी उद्योगलाई प्राथमिकता दिने बताए । उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सीता थेबे, प्रदेश सभा सदस्यद्वय लिलम बस्नेत र उमिता विश्वकर्माले राज्यले स्वदेशी वस्तुको प्रयोगको नीति बनाएमा रोजगार, राजश्व वृद्धि र मुलुकमा आद्योगिकरणमा बल पुग्ने बताए ।

मन्त्रालयका सचिव सञ्जीवकुमार राईले प्रदेशका उद्यौगिक उत्पादनकाको अन्तराष्ट्रिय गुणस्तरीयस्तरको चिन्हका लागि आवश्यक रहेको प्रयोगशाला निर्माणको प्रक्रिया अगाडि वढेको जानकारी दिदै मन्त्रलयले सूचना प्रविधिको प्रयोगबाट सेवाग्राहीको समस्या गर्ने बताए ।

उद्योग संगठनका मोरङका अध्यक्ष सुयेश प्याकुरेल र सचिव अनिल शारडाले उद्यमीहरुलाई विदेशमा रहेका नेपाली दक्ष जनशक्तिको तथ्याङक उपलव्ध भएमा नेपाली युवाहरुको विदेश पलायनमा नियन्त्रण गर्ने सकिने चर्चा गर्दै सुनसरी –मोरङ औद्योगिक करिडोरलाई ‘औद्योगिक क्षेत्र’ घाषणा गर्न सुझाव दिए ।

नेपाल घरेल तथा साना उद्योग महासङ्घ मोरङका अध्यक्ष चेतन निरौला, महिला उद्यमीहरु प्रतिमा रिजाल , बन्दना जैन र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक गौमराज अमात्मले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटी)ले गुणस्तरीय दक्ष जनशक्ति उत्पादन नगरेको कारण विदेशबाट कामदार ल्याउनु परेको गुनासो गरे । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर