AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शेखर कोइरालालाई पराजित गरेकी रुविना आचार्यद्वारा निर्वाचन खर्च १२ लाख ४० हजार ७०६ रुपैयाँ सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०८२, बिहीबार १९:०५
117
Shares

विराटनगर/मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रुविना आचार्यले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेकी छन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई भारी मतान्तरले पराजित गरेकी आचार्यले आज निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएकी हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार विनोदप्रसाद ढकालले ८ हजार ३१७ मत पाएका थिए ।

निर्वाचन कार्यालयमा बुझाइएको विवरण अनुसार आचार्यको कुल चुनावी खर्च १२ लाख ४० हजार ७०६ रुपैयाँ भएको छ ।

आचार्यले बुझाएको विस्तृत प्रतिवेदन अनुसार सबैभन्दा बढी खर्च विद्युतीय प्रचारप्रसार, फोटोकपी तथा भिडियोग्राफीमा ३ लाख रुपैयाँ भएको छ । यस्तै, अभियानकर्ता, स्वयंसेवक र प्रतिनिधिहरूको खाना, खाजा तथा चियाका लागि २ लाख ४७ हजार ९३५ रुपैयाँ खर्च भएको उल्लेख छ ।

प्रचारप्रसार सामग्री, साउन्ड सिस्टम र सिटी रिक्सामा गरिएको प्रचारका लागि २ लाख २५ हजार ७७६ रुपैयाँ र बुथ प्रतिनिधिहरूको प्रशिक्षण तथा व्यवस्थापनका लागि २ लाख रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ ।

यसैगरी, सवारी साधन भाडामा १ लाख ४९ हजार ४०० रुपैयाँ र सचिवालय स्थापना तथा चिया–नास्ता शीर्षकमा १२ हजार ९३५ रुपैयाँ खर्च भएको आचार्यले जानकारी दिएकी छन् ।

निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान अनुसार आचार्यले फागुन २८ गते आज आफ्नो खर्चको हिसाब बुझाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर