ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेयर कोइरालाद्वारा सशस्त्र प्रहरीको भवनको शिलान्यास

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ मंसिर २०८०, शुक्रबार १६:४३
432
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गण टंकीसिनवारी मोरङको निर्माण हुन लागेको बैठककक्ष (मिटिङ हल)को शिलान्यास गरेका छन् ।

आज गणमा आयोजित कार्यक्रममा मेयर कोइरालाले विधिवत रुपमा बैठक कक्षको शिलान्यास गरेका हुन् । ४० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवन एसीसहितको सुविधासम्पन्न हुने सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज थापाले जानकारी दिए । ४० फिट लम्बाई र २० फिट चौडाइको भवनमा बैठकका साथै अन्य कार्यक्रमका लागि समेत प्रयोग गरिने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा मेयर कोइरालाले शान्ति सुरक्षासहित सीमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम रहेको बताए । उनले विपदको बेला उद्धार र राहतमा समेत सशस्त्र प्रहरीले उत्कृष्ट काम गर्ने गरेको सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर