RUMPUM
animated ellipse animated ellipse

मोरङको केराबारीमा आफ्नै घरभित्र भेटियो युवकको शव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०७९, सोमबार २१:३१
621
Shares
विराटनगर / मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीमा सोमबार दिउँसो आफ्नै घरभित्र युवकको शव फेला परेको छ ।

३० वर्षीय राम ऋषिदेवको शव घरको माथिल्लो तलाको कोठाभित्र फेला परेको हो ।

सिरक ओढेको र शरीर सुन्निएको अवस्थामा ओछ्यानमा उनी मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेपनि घटना शंकास्पद देखिएको छैन । घटनाको प्रकृति हेर्दा ३/४ दिनअघि नै मृत्यु भएजस्तो देखिने कार्कीले बताए । उनका अनुसार गाउँमा दुर्गन्ध फैलिएपछि खोजी गर्ने क्रममा स्थानीयले घरभित्र शव फेला पारेका हुन् ।

पारिवारिक विवादपछि गत बिहीबारदेखि पत्नी रेखा ऋषिदेव मोरङको बेलबारी नगरपालिका–१ स्थित माइत गएको पाइएको प्रहरीले जनाएको छ । घरमा झगडा परेर पत्नी माइत गएपछि काठ र कर्कटपाताको प्रयोग गरेर बनाइएको घरमा उनी एक्लै बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ऋषिदेवको मृत्युको कारण खुल्न सकेन । पोस्टमार्टम रिपोर्ट प्राप्त भएर विस्तृतमा अनुसन्धान गरेपछि मृत्युको कारण प्रष्ट हुने जानकारी डीएसपी कार्कीले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर