AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एससीसीको विषयमा जनतालाई वुझाउनु आवश्यक छ : नेता कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७८, शनिबार १६:११
189
Shares
कुमोद अधिकारी
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एमसीसीको वारेमा गलत प्रचार भइरहेकाले यस वारेमा जनतालाई प्रष्ट पार्नु आवश्यक रहेको वताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका वार्ड न ९ ले प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आज आयोजना गरेको कार्यक्रम उनले एमसीसी नेपालको हितमा रहेको भन्ने कुरालाई जनतालाई वुझाउनु सक्नुपर्ने वताए ।

डा.कोइरालाले विकास निमार्ण तथा नेपालको गरिवि निवारण गर्दै लोकतन्त्रलाई वलियो वनाउनु एमसीसी परियोजनाको लक्ष्य रहेको उल्लेखगर्दै यो परियोजना आउदैमा नेपालमा अमेरिकन तथा विदेशी सेना आउने कुरा एएमसीसीको कुनैपनि वुदामा उल्लेख नभएको वताए ।

एमसीस ६३ अर्वको परियोजना भएकाले यो परियोजनाको उदेश्य नेपालमा ट्रान्समिशन लाइनको विस्तारसंगै सडक तथा पूर्वाधारको निमार्णलाई वढावा दिनु रहेको डा.कोइरालाले वताए ।

दलका नेताहरुले एमसिसि पास गर्नुपर्छ भनेर हस्ताक्षर गर्दै पत्र पठाउने अर्कोतिर त्यहि दलका नेताले सडकमा विरोध गर्न लगाउने प्रवितीले मुलुक अपठ्यारो अवस्थामा पुगेको डा.कोइरालाको भनाई थियो । १०,१२ वर्षदेखि नेपालमा प्रवेश पाएको एससिसीको विषयमा सरकारको नेतृत्व गर्नेहरुले अमेरिकन सरकारलाई प्रष्ट रुपमा धारणा राख्न नसक्दा अहिलेको अवस्था सृजना भएको उनले वताए ।

डा.कोइरालाले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफु नरहेको वताए । नेपाल सार्वभौम मुलुक भएकाले नेपालको छवि अन्तराष्ट्र जगतमा उच्च रहेको बताउँदै डा.कोइरालाले हामीले कुनैपनि मुलुकको चाकडी गरिरहनु आवश्यक नभएको बताए ।

डा.कोइरालाले प्रधानन्यायधिशले पटकपटक गलत काम गरेर विवादमा आउने काम गरेकाले महाअमिभयोग प्रस्ताव दर्ता भएको वताए । प्रधानन्यायधिश माथी प्रश्न चिन्ह लाग्दा पनि यस विषयमा उहाँले न्यायालय तथा वार एसोसिएसनसंग छलफल गर्नुपर्नेमा आफनै खुशी अघि वढ्न खोजेकाले सरकारमा सहभागी गठवन्धन दलहरुले महाअभियोग प्रस्ताव दर्ता गरेको उनले प्रष्ट पारे ।

डा.कोइरालाले महाअभियोग प्रस्ताव पास गर्न एमालेसहित दुई तिहाईको समर्थन आवश्यक रहेको महाअमियोग प्रस्ताव पास हुने विषयमा अहिले केहि भन्न नसकिने वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर