RUMPUM
animated ellipse animated ellipse

खुकुरी प्रहारबाट महिलाको मृत्यु, हत्यामा संग्लग्न पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ आश्विन २०८०, मंगलवार २०:५३
855
Shares
विराटनगर / सुनसरीको इटहरी उप–महानगरपालिका–१७ कि कमला तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

हिजो अपरान्ह ४ बजे इटहरी उप–महानगरपालिका–१७ मझौरा कि ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९ बर्षीय निमा तामाङले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।

ज्वाईको खुकुरी प्रहारबाट घाईते भएकी तामाङको उपचारको क्रममा आर्या न्युरो अस्पताल विराटनगरमा सोही दिन साँझ मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने निमा तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर