खबर पूर्वाञ्चल
मोरङमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५४, बुढीगंगामा ८, रंगेलीमा ३, कटहरीमा २, कानेपोखरी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र बेलबारीमा १–१, झापाको दमक र अर्जुनधारामा ४–४, भद्रपुरमा २, कनकाई, मेचीनगर, विर्तामोड र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा ४, इटहरी र इनरुवामा २–२ र बराहक्षेत्रमा १, उदयपुरको कटारीमा ४, धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा १–१, भोजपुरको षडानन्द, टेम्केमैयुङ र भोजपुर नगरपालिकामा १–१,संखुवासभाको धर्मदेवी र सिलिचोङमा १–१, ते¥हथुममा १, इलाममा १, ताप्लेजुङको पाथीभरा याङवरकमा १ र ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय ८६ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९ सय ३५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ७ सय ७६ पुगेको छ ।
प्रदेश १ मा आज ५ सय १९ जनाको पीसीआर परीक्षण गर्दा ५३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया