पूर्वाञ्चल खबर
शिविरमा विद्यालयमा अध्ययनरत ५ सयभन्दा बढी विद्यार्थीहरूको विभिन्न स्वास्थ्य जाँच गरिएको छ। शिविरमा आँखा, नाक, कान, घाँटी र दाँतसहित अन्य शारीरिक स्वास्थ्य जाँच गरिएको थियो। यसबाहेक विद्यार्थीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको छ।
स्कुलले आफ्ना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गराउन यस्तो शिविर आयोजना गरेको हो। यसरी नियमित स्वास्थ्य जाँचबाट विद्यार्थीहरूमा देखिन सक्ने स्वास्थ्यसम्बन्धी समस्याहरूको पहिचान र समयमै उपचारको व्यवस्था गर्न सकिने आशा गरिएको सकुलका प्रिन्सिपल त्रिलोचन गौतमले बताए ।