AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्धा चलाउँने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७८, बिहीबार १७:४८
621
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा सडकमा हिँडडुल गर्ने र पसल खोलेर निषेधाज्ञा उल्लंघन गर्ने बढ्दै गएपछि मुद्धासहितको कारवाही गरिने भएको हो ।

मोरङमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेको संख्यामा कमी नआएपछि प्रहरी प्रशासनले थप कडाई गर्ने भएको छ । अब निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्धा चलाएर कारवाही गरिने भएको छ ।

नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र रुपमा समुदायमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित आसपासका स्थानीय तहमा जारी गरेको निषेधाज्ञामा कडाईका साथ कार्यान्वयन हुन सकेको छैन ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले तीब्रगतिमा संक्रमण फैलिन थालेपछि निषेधाज्ञा जारी गरेपनि उल्लघन भइरहेकाले थप कडाई गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले निषेधाज्ञाको पालना गराउँन सबैतिर उचित सुरक्षा सावधानी अपनाएर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले अब अटेरि गर्नेमाथि संक्रामक रोग निवारण ऐन २०२० अनुसार कारवाही गर्ने उनले बताए । उनले अब सम्झाउने काम नहुने बताउँदै अटेरी गर्नेलाई मुद्धा चलाउने तयारी गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर