animated ellipse animated ellipse

चार स्वर्ण पदकसहित पूर्वाञ्चलको अग्रता कायमै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ माघ २०८०, शनिबार १८:०३
495
Shares
विराटनगर / विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ ।

नजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त प्रतियोगितामा आज पनि पूर्वाञ्चलले चार स्वर्ण, १ रजत पदकसहित २३ अंकको साथ अग्रता कायमै राखेको हो ।

पूर्वाञ्चललाई सुन्दरहरैचामा रहेको सिद्धार्थ स्कुलले १ स्वर्ण, २ रजक पदकसहित ११ अंक ल्याएर पछ्याइरहेको छ । विराटनगरको एभरेष्ट स्कुलले १ स्वर्ण र दुई कास्य पदक ९ अंक सहित तेस्रो स्थानमा रहेको छ । यसैगरी रतुवामाइको मुनाल आर्दश, विराटनगरको मदरटेरेसा र ग्रामथान सारदा स्कुलले समान ८–८ अंक ल्याएर चौथो स्थानमा रहेका छन् ।

आज भएको हाइजम छात्रातर्फ पूर्वाञ्चल एकेडमीकी सितल मगरले स्वर्ण पदक जितेकी छिन् । यसैगरी रंगेलीको मिनील्याण्ड स्कुलकी जिसिका विष्टले रजत पदक र विराटनगर एभरेष्ट स्कुलकी प्रिन्सि बर्माले कास्य पदक जितेकी छिन् । यसैगरी हाइजम छात्रतर्फ ग्रामथानको सारदा स्कुलका भिम ऋषिदेवले स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चल एकाडेमीका संगम बोहोराले रजक पदक र जनक मेमोरियल स्कुलका प्रभास चौधरीले रजक पदक जितेका छन् ।

८ सय मिटर छात्रातर्फ पूर्वाञ्चल एकाडेमीकी सृजना वि.कले स्वर्ण पदक जितेकी छिन् । सिद्धार्थ स्कुलकी मियोङसा राईले रजत पदक र पथरीको एभरेष्ट स्कुलकी युनिषा बुढाथोकीले कास्य पदक जितेकी छिन् ।

यसैगरी सटपुट छात्रातर्फ रंगेलीको मुनाल आर्दशकी अमिसा ताजपुरियाले स्वर्ण पदक जितेकी छिन् । यस्तै विराटनगरको मदर टेरेसा स्कुलकी ज्योती महतोले रजक र इन्द्रपुर नमुना स्कुलकी आयूषमा राईले कास्य पदक जितेकी छिन् ।

फुटबलमा चार स्कुल फाइनलमा
प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा चार स्कुल फाइनलमा पुगेका छन् । मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल, सिद्धार्थ स्कुल, हरैचा मोडल स्कुल फाइनलमा पुगेको हो ।

सनरे र सिद्धार्थ स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको हो ।

जुनियरतर्फ विराटनगर जुटमिलको खेदमैदानमा आज भएको पहिलो सेमीफाइनल खेलमा ग्रामथान गाउँपालिकाको जनक मेमोरियल स्कुललाई २–० गोलले हराउँदै सनरे स्कुल फाइनलमा पुगेको हो । जितको लागि सनरेको तर्फबाट अनोज खवास र जिवन यादवले १ –१ गोल गरे । म्यान अफ द म्याच सनरेका अनोज खवास घोषित भए ।

सोही दिन भएको दोस्रो जुनियरतर्फको खेलमा विराटनगरको डिएसपी स्कुललाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै सिद्धार्थ स्कुल फाइनलमा पुगेको हो । निर्धातिर समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

यसैगरी सिनियरतर्फ भएको पहिलो सेमिफाइनल खेलमा पथरीको भूपु सैनिक स्कुललाई २–० गोलले हराउँदै हरैचा मोडल स्कुल फाइलनमा पुगेको छ । हरैचा मोडलको तर्फबाट एलेन श्रेष्ठ र आकाश गिरीले १ –१ गोल गरे । म्यान अफ द म्याच हरैचा मोडलका एलेन श्रेष्ठ घोषित भए ।

बास्केटबलमा एभरेष्ट र बिकेभिएम फाइनलमा
बास्केटबल प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल र बिकेभिएम स्कुल फाइनलमा पुगेको छ ।

एभरेष्ट स्कुलको खेल मैदानमा भएको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट स्कुलले सगरमाथा स्कुललाई ४१–३९ सेटले हराउँदै एभरेष्ट फाइनलमा पुगेको हो । प्रतियोगिताको म्यान अफ द म्याच उत्सव कार्की घोषित भए ।

दोस्रो सेमिफाइनल खेलमा बिकेभिएम स्कुलले सेन्टजोसेफ स्कुललाई ८७–१५ सेटले हराउँदै बिकेभिएम स्कुल फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच सन्तोष साह घोषित भए ।
बास्केटबलको उपाधिको लागि आइतबार एभरेष्ट र बिकेभिम भिड्नेछ ।

भलिबलमा ६ स्कुल फाइनलमा
भलिबल प्रतियोगितामा सिनीयर र जुनियर गरि ६ वटा स्कुल फाइनलमा पुगेको छ । सिनियर प्लस टु छात्रतर्फ विराटनगरको कान्तिपुर र सुन्दरहरैचाको सिद्धार्थ स्कुल फाइनलमा पुगेको छ ।
प्लस टु छात्रातर्फ कान्तिपुर र पथरीको एभरेष्ट स्कुल भलिबलको फाइनलमा पुगेको हो ।

कान्तिपुरले ब्राइट फियूचर स्कुललाई पराजित गरी फाइनलमा पुगेको हो । एभरेष्टले सिद्धार्थ स्कुललाई पराजित गरी एभरेष्ट फाइलनमा पुगेको हो ।

जुनियर कक्षा १० सम्म भएको भलिबल छात्रातर्फ बुढीगंगाको मोरङ पब्लिक र इन्द्रपुर नमूना स्कुल फाइनलमा पुगेको छ । मोरङ पब्लिकले ग्रामथानको सारदा स्कुललाई पराजित गर्यो । इन्द्रपुर नमूनाले राष्ट्र निर्माण स्कुललाई हरायो ।

टेबल टेनिसमा चार स्कुल फाइनलमा
टेबल टेनिस प्रतियोगितामा चार स्कुल फाइनलमा पुगेको छ । विराटनगरको बिकेभिएम, सगरमाथा, लिलिपुट र बुढानिलकण्ठ स्कुल फाइलनमा पुगेको हो ।
उच्च मावितर्फ छात्र सिंगल इभेन्टतर्फ बिकेभिएमका यथार्थ आचार्यले सगरमाथाका रजत रमन दवाडीलाई ११–५,७–११,११–६,१२–० सेटले पराजित गरी बिकेभिएम स्कुल फाइलनमा पुगेको हो ।

दोस्रो सेमिफाइनलमा सगरमाथाका उज्ज्वल तामाङले एभरेष्टका अनुज माझीलाइ ११–५,११–७,७–११,११–८ सोटले पराजित गर्यो ।

माध्यमिक बिध्यालयस्तरको जुनियर ब्वाइज सिङल्सतर्फ लिलिपुटका श्रीजल प्याकुरेलले एभरेष्टका सुशान्त मेहतालाइ ९–११,८–११,११–८,११–९,१२–१० को सेटले हरायो ।
त्यसैगरी दोस्रो सेमिफाइनलमा बुढानिलकण्ठका रुपेश श्रेष्ठले लिलिपुटका पृथक राज राइलाइ ११–६,११–८,७–११,१०–१२,११–८ सेटले पराजित गर्यो । आइतबार टेबलटेनिसको फाइलन खेलहरु हुने टेबल टेनिस खेल संयोजक मणि भट्टराईले जानकारी दिए ।

सृजना र सितल सर्वाधिक पदक जित्ने खेलाडी
जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् ।
दोस्रो दिन आजसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक जितेकी छिन् ।
सृजनाले लङजम र ८ सय मिटर छात्रातर्फको दौडमा स्वर्ण पदक जितेकी छिन् । हाइजम छात्रा र ज्याबलिङ थ्रो छात्रार्फ पूर्वाञ्चल एकेडमीकै सितल मगरले स्वर्ण पदक जितेकी छिन् । शनिबारसम्म उनीहरुले समान २–२ स्वर्ण पदक जित्दै शनिबारसम्म सर्वाधिक स्वर्ण जित्ने खेलाडी भएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर