animated ellipse animated ellipse

विराटनगरमा २ सहित प्रदेश १ मा ७ संक्रमित थपिए, संक्रमितको संख्या ३० हजार ४ सय ४५ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७७, आईतवार २२:१५
576
Shares
विराटनगर/ प्रदेश १ को राजधानी विराटनगरमा २ सहित प्रदेशमा आज ७ जना कोरोना संक्रमित थपिएका छन् ।

१ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरबाहेक धनपालथानमा १, सुनसरीको दुहवी र इटहरीमा १–१, उदयपुरको चौदण्डीगढीमा १ र प्रदेश १ बाहिरका १जनामा संक्रमण देखिएको हो । हालसम्मकोरोना संक्रमितको संख्या ३० हजार ४ सय ४५ पुगेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर