AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दोस्रो कोशी खुला गल्फ प्रतियोगितामा विराटनगरका गुप्ता नेट विजेता, ग्रसमा परियार विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ बैशाख २०८२, शनिबार १९:४७
63
Shares
विराटनगर/ कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा सम्पन्न दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता भएका छन् ।

आज धरान स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा सम्पन्न प्रतियोगिताको नेट विधा तर्फ ९ अन्डर अंक सहित गुप्ता विजेता भउका हुन्।

नेट तर्फको दोस्रो स्थान रमेश चौधरीले हासिल गर्न सफल भए भने तेस्रो स्थानमा राजीव घिमिरे रहेका छन्।

प्रतियोगिताको ग्रस तर्फ ३ अण्डर अंकसहित सुमन परियार विजयी भए भने उपविजेतामा गजेन्द्र लिम्बूले चित्त बुझाए । त्यस्तै , जुनियर तर्फको खेलमा दिपेश श्रेष्ठ विजेता र लक्की साह उपविजेता भए।

प्रतियोगिताको सिनियर तर्फको खेलमा तुलसी लिम्बू जित्दा विजय राई दोस्रो स्थानमा रहे।

महिला तर्फको खेलमा पोखराकी दानवी गुरुङ विजेता र सुमित्रा लिम्बू उपविजेता भए ।

प्रतियोगितामा विश्व गुरुङले नियरेस्ट टु द पिन ,सरोज थापाले मष्ट बर्डिज र धिरज लिम्बूले लङ्गेष्ट ड्राइभ जित्न सफल हुनुभएको कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए।

प्रतियोगिताको विजयी खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ,संघका अध्यक्ष प्याकुरेललगायतले ट्रफी हस्तान्तरण गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर