animated ellipse animated ellipse

विराटनगरको एभरेष्ट स्कुलका रेहान भए अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता छात्र सिङ्गलमा प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ मंसिर २०८१, मंगलवार १८:३५
198
Shares
विराटनगर /स्व. शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता छात्र सिङ्गलतर्फ विराटनगरको एभरेष्ट स्कुलका रेहान यादव प्रथम भएका छन् ।

विराटनगरमा आज सम्पन्न भएको छात्र सिङ्गतर्फको फाइनलमा बिकेभिए स्कुललाई हराउँदै एभरेष्ट प्रथम भएको हो ।

छात्र सिङ्गततर्फको द्धितीय बिकेभिएम स्कुलका ऋषि साह भए । पोखरिया माध्यमिक विद्यालयका रक्ष बुढा र पिटर प्यानका नीर जङ थापा संयुक्त रुपमा तृतीय भए ।

क्याडेट गर्ल्स सिङ्गलतर्फ श्री रविशंकर विद्या मन्दिरकी प्राप्ती सेढाइ प्रथम, अरनिकोकी स्वर्णिमा कोइराला द्वितीय, अरनिकोकै साइना अधिकारी र सेन्ट मेरिजकी अध्यता गौतम संयुक्त रुपमा तृतीय भए ।

सब–जुनियर गर्ल्स सिङ्गलतर्फ श्री श्री रविशंकर विद्या मन्दिरकी स्वस्तिका चौधरी प्रथम, एभरेष्टकी आशना कटुवाल द्वितीय, बुढानिलकण्ठकी मानसी तामाङ र सेन्ट मेरिजकी आर्या पराजुली संयुक्त रुपमा तृतीय भए ।
सब–जुनियर ब्वाइज सिङ्गलतर्फको सेमिफाइनल स्पर्धामा अरनिको स्कुलका आयुद्ध भण्डारीले बुढानिलकण्ठका आयान श्रेष्ठलाई ११–७, ७–११, १३–११, ११–९ सेटरले पराजित गर्दै फाइनल प्रवेश गरे । अर्को सेमिफाइनलमा बुढानिलकण्ठका आदर्श राजवंशीले प्रेमराज थापा ११–५, ११–६, १५–१३ सेट स्कोरले पराजित गरि फाइनल प्रवेश गरे ।

जुनियर ब्वाइज सिङलतर्फको सेमिफाइनल स्पर्धामा एभरेष्ट स्कुलका सुशान्त मेहताले आफ्नै विद्यालयका सक्षम बस्नेतलाई ११–७, ११–३, ११–७ सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेका छन् । अर्को सेमिफाइनलमा बुढानिलकण्ठका रुपेश श्रेष्ठले लिलिपुटका श्रीजल प्याकुरेललाइ ११–९, १३–११, ११–९ सेटले पराजित गरि फाइनल प्रवेश गरे ।

जुनियर गर्ल्स सिङ्गलतर्फको सेमिफाइनल स्पर्धामा सेन्ट मेरिज स्कुलकी बिज्ञता थापाले सेन्ट जोसेफकी अनोखी साहलाइ ११–३,११–४, १०–१२, ११–८ सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरिन् । अर्को सेमिफाइनलमा एभरेष्टकी कृपा पोखरेलले बुढानिलकण्ठकी आकृती मगरलाइ ११–५,९–११,९–११,१२–१०,११–५ सेट स्कोरले पराजित गरि फाइनल प्रवेश गरे ।

बुधबार तेस्रो तथा अन्तिम दिन सब–जुनियर ब्वाइज सिङल्स, जुनियर ब्वाइज सिङल्स र जुनियर गर्ल्स सिङलसतर्फका फाइनल म्याचहरु सम्पन्न गरिने बिराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापाले जानकारी दिए । सोमबारदेखि सुरु भएको उक्त प्रतियोगितामा विराटनगर २२ विद्यालयको सहभागि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर