नेकपा विराटनगर ८ को सपथ ग्रहण

खबर पूर्वाञ्चल, १७ आश्विन २०७७, शनिबार २१:३७

विराटनगर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर ८ को वडा कमिटीको सपथ ग्रहण आज गरिएको छ ।

राम पोखरेलको अध्यक्षतामा रहेको ४५ सदस्यीय वडा कमिटीलाई नेकपा केन्द्रीय सदस्य तथा मोरङ सहइन्चार्ज महेश रेग्मीले सपथग्रहण गराए ।
सपथ ग्रहणपछि बसेको वडा कमिटीको पहिलो बैठकले ५ सदस्यीय कार्यालय र १५ सदस्यीय सचिवालय कमिटी चयन गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

नेकपा विराटनगर ८ ले विभिन्न समयमा सामाजिक क्रियाकलाप गर्दै आएको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, संक्रमितको घरमा निर्मलीकरण गर्ने, स्वास्थ्य सामाग्री, घरेलु औषधिहरु वितरण गर्ने काम वडा कमिटीले गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५