animated ellipse animated ellipse

प्रदेश १ मा संक्रमितको संख्या २६ हजार नाघ्यो, विराटनगरमा १ सय २१ सहित प्रदेश १ मा थपिए ३ सय ७२ संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० मंसिर २०७७, बुधबार १६:४१
468
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा १ सय २१ सहित प्रदेश १ मा आज ३ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा संक्रमितको संख्या २६ हजार २ सय ५२ पुगेको छ ।

मोरङमा १ सय ५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १ सय ५९ देखिएको १ सय ५९ मध्ये विराटनगरमा मात्र १ सय २१ संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ महिला र ७४ पुरुष छन् । विराटनगर बाहेक मोरङको लेटाङ, बेलबारी र बुढीगंगामा ६–६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३–३, सुन्दरहरैचा र कटहरीमा २–२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएकोछ ।

झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा २२, दमकमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, कनकाई, बुद्धशान्ति, हल्दिबारी, मेचीनगर, शिवसताक्षी र गौरादहमा २–२ र गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा २८,धरानमा १३, रामधुनी र इनरुवामा ५–५, दुहवीमा २, भोक्राहानरसिंह र गढीमा १–१ र स्थानीय तह नखुलेका २, संखुवासभाको खाँदबारीमा २७, इलामको इलाम नगरपालिकामा १०, रोङ र देउमाईमा १–१, पाँचथरको फिदिममा ४, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको लालीगुराँसमा १, उदयपुरको कटारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ सय ३८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसेनबाट १ सय ३७ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार २ सय ८९ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर