animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा एक दिने उत्प्रेरणा कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ पुष २०८०, आईतवार १७:१२
279
Shares
विराटनगर / विराटनगर–८ मा रहेको ग्रेडेड स्कुलले एक दिने उत्प्रेरणा कार्यक्रम गरेको छ

स्कुलले आज विराटनगरमा एक दिने उत्प्रेरणा कार्यक्रमको आयोजना गरेको हो । उत्प्रेरणा कार्यक्रम कक्षा ८ देखि कक्षा १० सम्मका विद्यार्थीहरुसहभागि रहेका थिए । नेपालको प्रसिद्ध उत्प्रेरणाकर्मी डा.तारा गिरीले स्कुलमा अध्ययनरत करिव २ सय विद्यार्थी लाई उत्प्रेरित गरेका छन् । विद्यार्थीहरुको हौसला बढाउदै परीक्षाको तयारी, पढ्ने तरिका , जिवनको लक्ष्य, सफल्ताको सुत्र र पढाइको महत्वका बारेमा बिद्यार्थीलाई डा. गिरी उत्प्रेरित गरे ।

स्कुलले समय समयमा विद्यार्थी तथा अभिभावकहरुको पनि आभिमुखिकरण कार्यक्रम गर्दै आएको स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर