AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एक का लागि एक अभियान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७७, मंगलवार २२:०१
3
Shares
विराटनगर / कोरोना भाईरसको माहामारीबाट बच्नका लागि नेपाल सरकारले लागु गरेको लकडाउनमा कुनै पनि परिवार भोकै बस्नु नपर्ने अवस्था सिर्जन गर्नका लागि एकका लागि एक अभियान सहारा नेपालले सुरु गरेको हो ।

अभियानले मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका ११ शुक्रवारे टोल स्थित ३६ बिपन्न परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । वडाध्यक्ष विशनलाल चौधरीको अध्यक्षता भएको कार्यक्रममा एकका लागि एक अभियानको को कुपन विराटचोक ईलाका प्रमुख ओमप्रकाश साह र शाखा प्रमुख मोतिखर सञ्जेल, धर्मराज अधिकारी तथा अन्य कर्मचारी भुपेन्द्र सापकोटा र लिला लुईटेलले वडाध्यक्ष चौधरीलाई हस्तान्तरण गरेका हुन् । सोही समयमा विपन्न परिवारलाई राहत सामाग्री हस्तान्तरण गरीएको थियो ।

राहत समाग्रीमा २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल र २ पिस नुहाउने र लुगा धुने साबुन रहेको ईलाका प्रमुख ओम प्रकाश साहले जानकारी गराए । राहत पश्चात वडाध्यक्ष चौधरीले यस्तो महामारीको परस्थितिमा एकका लागि एक अभियान प्रभावकारी रहेको बताए र हरेक परिवारले एक विपन्न परिवारलाई सहयोग गरे कोही भोकै नहुने भन्दै अभियानका अभियान्ता र सहयोगी हताहरुलाई धन्यवाद दिए ।

झापाका समाजिक अभियान्ता अग्रज सहकारीकर्मी महेन्द्रकुमार गिरीले आपसी सहयोग अभियान घोषणा गर्दै विपन्न नागरीकका लागि राहत जुटाउने उदेश्यले यो अभियमन सुरु गरेका हुन् । सहारा नेपाल बचत तथा ऋण सहकारी सस्ंथाका कार्यकारी निर्देशक गिरीले आर्थिक रुपमा सक्षमहरुले भोकभोकै अवस्थाका विपन्न नागरीकलाई सहयोग गर्नुपर्छ भन्ने मान्यता राखेर यो एकका लागि एक अवधारणा अघि सारेको बताए । उक्त अभियानमा नेपाल रेडक्रस, जिल्ला सहकारी झापा, गैर सहकारी संस्था महासंघ, राष्ट्रिय उपभोक्ता महासंघ, वीरता जेसीस, रोटरी क्लब विर्तामोड, राष्ट्रिय सहकारी बैंक, सहारा नेपाल, लायन्स क्लब सुरुंगा, नेप्लीज टिन्स, जेसिज पुर्व अध्यक्ष समाज झापा, लायन्स क्लब बितामोड, विर्तामोड उध्योग वाणिज्य संघ, मेची पेट्रोल डिलर एसोसिएसन र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायत १५ संघसंस्था संलग्न छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर