AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेस्ट स्कूलले जित्यो प्याब्सन अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ भाद्र २०८२, बुधबार १८:१३
153
Shares
विराटनगर /प्याब्सन मोरङको आयोजनामा विराटनगर भएको जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा विराटनगरको एभरेस्ट स्कूलले उपाधि हात पारेको छ।

फाइलनमा १२ वटा विद्यालयसँग प्रतिस्पर्धा गर्दै एभरेस्ट स्कूलले यो उपाधि जितेको हो।

प्रतियोगितामा द्वितीय स्थान सुन्दरहरैंचा नगरपालिकाको ज्ञानज्योति स्कूलले हासिल गरेको छ भने तृतीय स्थान विराटनगरकै मदरल्यान्ड स्कूलले हात पारेको छ। सान्त्वना पुरस्कार विराटनगरको बुढानीलकण्ठ स्कूलले प्राप्त गरेको छ।

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेका छन्।

यस प्रतियोगितामा जिल्लाभरका १६२ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रारम्भिक छनोटपछि ५४ विद्यालय सेमिफाइनलमा पुगेका थिए। त्यसपछि १२ विद्यालय फाइनलमा छनोट भएका थिए।

प्रतियोगिताको उद्घाटन कार्यक्रम प्याब्सनका केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष टिकाराम पुरीले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले विद्यार्थीहरूको लुकेको प्रतिभालाई उजागर गर्न यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए। ‘विद्यार्थीहरूको प्रतिभालाई बाहिर निकालेर उनीहरूलाई प्रोत्साहन दिनुका साथै अंग्रेजी भाषाप्रतिको रुचि बढाउन यस्तो जिल्ला स्तरीय हिज्जे प्रतियोगिता अत्यन्त महत्त्वपूर्ण छ,’ उनले भने। उनले अंग्रेजी भाषाको शुद्ध उच्चारण र हिज्जे लेखाइमा दक्षता हासिल गर्न यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूलाई उत्प्रेरणा दिने बताए।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकालले भने, ‘यस्ता शैक्षिक प्रतियोगिताहरूले विद्यार्थीहरूको क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। हामी सबैले मिलेर शिक्षाको गुणस्तर वृद्धि गर्न काम गर्नुपर्छ।’ उनले प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनको कामना गरे।

त्यसैगरी हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्र र अभिभावकहरूको साझेदारी आवश्यक रहेको बताए। यस्ता कार्यक्रमहरूले त्यसैको उदाहरण प्रस्तुत गर्ने उनले बताए ।

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउन प्याब्सनले प्रत्येक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए। यो प्रतियोगिताले विद्यार्थीहरूमा अंग्रेजी भाषाप्रतिको रुचि बढाउनुका साथै उनीहरूको भाषिक सीप विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर