AArya
RUMPUM
animated ellipse animated ellipse

११ महिनामा मोरङबाट ३१ हजार ४६६ जना विदेशिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०८२, सोमबार १९:४२
54
Shares
विराटनगर /चालु आर्थिक वर्षको जेठ महिनासम्ममा मोरङबाट ३१ हजार ४६६ जना व्यक्तिहरु वैदेशिक रोजगारीमा गएका छन् ।

जसमा चार हजार ६७५ जना महिला र २६ हजार ७९१ जना पुरुष बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा मोरङबाट ३० हजार ८६१ जना व्यक्तिहरु बैदेशिक रोजगारीमा गएका थिए । गत आ ब को ११ महिनाको तुलनामा चालु आब को सोही अवधिमा मोरङबाट ५८५ जना बढी व्यक्तिले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकाछन् ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मोरङबाट संस्थागत श्रम स्वीकृति लिएर १३ हजार १८१, नयाँ व्यक्तिगत श्रम स्वीकृति लिएर चार हजार २९५, जी टु जी (सरकारदेखि सरकार) को तहबाट श्रम स्वीकृति लिएर ३८१ र पुनः श्रम स्वीकृति लिएर १३ हजार ५४२ जना वैदेशिक रोजगारीमा गएका छन् ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सबै भन्दा बढी मङ्सिर महिनामा तीन हजार ५७९ जना र सबै भन्दा कम असोज महिनामा दुई हजार १८६ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा उल्लेख रहेको छ । त्यस्तै साउनमा दुई हजार ५१२, भदौमा दुई हजार ४००, कात्तिकमा दुई हजार ९९३, पुसमा दुई हजार ७७२, माघमा दुइ हजार ९८१, फागुनमा दुई हजार ७९४, चैतमा दुई हजार ९६६ वैशाखमा तीन हजार २०६ र जेठमा तीन हजार ५७ जना वैदेशिक रोजगारीमा गएका छन् । मोरङबाट वैदेशिक रोजगारीमा गएर घर फर्किका व्यक्तिहरु मध्ये १३ हजार ५४२ जना व्यक्तिहरु चालु आबको ११ महिनाको अवधिमा पुनः वैदशिक रोजगारीमा फर्किकाछन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जिल्ला प्रशासन कार्यालय मोरङमा वैदेशिक रोजगारी सम्बन्धि ठगिका ३१३ वटा उजुरी परेका छन् । त्यसमध्ये १३६ वटा उजुरीमाथि छानबिन गरी टुंगो लगाएको मोरङका प्रमुख जिल्ला अधिकार इन्द्रदेब यादबले बताए । उनका अनुसार वैदेशिक रोजगारीका नाम ठगिएका व्यक्तिहरुलाई सम्बन्धित व्यक्तिबाट सात करोडभन्दा बढी फिर्ता गराइएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीसँग सम्बन्धित रहेर ठगी, विदेशमा मृत्यू, अङ्ग भङ्ग, संभौता गरिएको भन्दा फरक काम, फरक तलब र मृतकको सब झिकाउने जस्ता मुद्धाहरु बढी आउने गरेको सामी परियोजनाका मोरङ जिल्ला कार्यक्रम संयोजक दीपक राउतले बताए । उनका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ को अवधिमा मोरङमा वैदेशिक रोजगारीसँग जोडिएर ९९५ वटा विभिन्न किसिमका मुद्धाहरु परियोजनामा आएकाछन् ।

मोरङबाट वैदेशिक रोजगारीमा गएका मध्ये २०८०/८१ को पुस देखि २०८१/८२ को पुससम्ममा ८७ जनाको मृत्यु भएको र ३६ जनाको अङ्ग भङ्ग भएको तथ्याङ्क परियोजनामाा रहेको छ । परियोजनाले मोरङको विराटनगर, उर्लाबारी, कानेपोखरी र रङ्गेलीमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुसँग वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

परियोजनाको वित्तीय साक्षरता कार्यक्रम पछि वैदेशिक रोजगारीबाट आएका रकमलाई उत्पादन मुलक कार्य खर्च गर्ने क्रम बढेर गएको परियोजनाका जिल्ला संयोजक दीपक राउत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर