नेपाली क्रिकेट टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा प्रशिक्षक पुबुदुले दिए राजिनामा

खबर पूर्वाञ्चल, ४ श्रावण २०७९, बुधबार १६:१३
162
Shares
विराटनगर / नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुद दसानायकेले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

आज बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । गत मङ्सिरमा नेपाली टोली दोस्रो पटक सम्हाल्ने जिम्मेवारी पाएका उनले पारिवारिक कारण देखाउँदै नेपालबाट बिदा हुने निर्णय गरेको बताएका छन् ।

क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्ड जानुअघि नै पुबुदुले राजीनामा दिएको भएपनि आजमात्रै त्यसलाई औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

सन २०११ देखि २०१५ सम्म पहिलो पटक नेपाली टोली सम्हालेका उनकै प्रशिक्षणमा नेपालले २०१४ को टी २० विश्वकपमा खेल्दै इतिहास रचेको थियो ।

तर दोस्रो इनिङमा सफल हुन नसकेपछि उनले पदबाट राजीनामा दिएका हन् । पत्रकार सम्मेलनमा बोल्दै पुबुदुले नेपाली टोली उत्कृष्ट रहेको बताएका छन् । ‘अहिले नतिजा देखिएको छैन । तर हामीले धैर्य गर्न आवश्यक छ’ उनले बताएका छन्, ‘खेलाडीलाई विश्वास गर्नुहास । अबको केही महिनापछि नेपालले सुखद नतिजा देखाउन थाल्नेछ ।’

पुबुदुले राजीनामापछि घर फर्कने र क्यानाडामा परिवारसँग केही समय बिताउने बताएका छन् ।

दोस्रो पटक नेपालको प्रशिक्षक बनेर आउँदा पुबुदको दुई चुनौती थियो । टी–२० विश्वकपमा छनोट गराउने र गुट उपगुट रहेको मिलाउन चुनौती थियो । नेपाल टी–२० विश्वकपमा छनोट हुन सकेन भने टिमभित्रको हार्दिकता पनि प्रदर्शनमार्फत देख्न सकिएको छैन ।

ओमानमा भएको टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले चार खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो । सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल दोस्रोपल्ट विश्वकप खेल्ने सम्भावना गुमाएको थियो ।

यसबीचमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत तीनवटा त्रिकोणात्मक शृंखला खेलेको थियो । १२ खेलमा नेपालले ४ जित, १ बराबरी र ७ हारको नतिजा निकालेको छ ।

पपुवा न्युगिनीविरुद्ध एकदिवशीय शृंखला खेलेकोमा नेपाल पराजित रह्यो । मलेसिया र पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक टी–२० शृंखला नेपालले जितेको थियो । जिम्बाबे ए टिमसँगको टीप्–२० शृंखला १–१ को बराबरी भएको थियो भने एकदिवशीय शृंखला नेपालले २–१ ले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५